×

NMB BANK
NIC ASIA

पञ्जाब नेसनल बैंकको घोटालाले नेपाली निक्षेपकर्ता संशयमा : एभरेस्ट बैंक बोल्न मान्दैन

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन– भारतको पञ्जाब नेसनल बैंक (पीएनबी)को मुम्बईस्थित ब्रीच कैंडी शाखाबाट करिब १ खर्ब १३ अर्ब ६० करोड भारतीय रुपैयाँ घोटालाको खबरले विश्व बैंकिङ बजारमा सनसनी मच्चिएको छ । घोटालापछि भारतीय केन्द्रीय बैंकले सो शाखा नै बन्द गरिदिएको छ । यसले समग्र बैंकिङ प्रणाली र यसको विश्वसनीयतामा प्रश्न चिह्न खडा गरेको छ । ढुक्क भएर आफूसँग भएको रकमा बैंकका राख्ने निक्षेपकर्ता डराउनुपर्ने स्थिति देखा परेको छ । 

Muktinath Bank

यसरी भयो घोटाला


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार घोटाला प्र्रकरणमा बैंककै कर्मचारी र खातावालको पनि मिलेमतोको आशंकामा अनुसन्धान भइरहेको छ ।  जानकारहरुकाअनुसार सो घोटाला प्रकरणमा हिरा ब्यापारी नीरव मोदी र बैंककै कर्मचारी संलग्न छन् । मोदी निकै ठूला हिरा व्यापारी हुन् । उनको सम्पत्ति विश्वभर फैलिएको बताइन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सिंगापूर, लण्डनमा र स्वीट्जरल्याण्डमा लगानी गरेका छन् ।  यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको एक अन्तराष्ट्रिय सम्मेलनमा जाँदा भारतीय प्रधानमन्त्रीसँगै जेनेभा गएका व्यापारी नीरव मोदी उतै लुकेर बसेका छन् । सो विषयको अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

नेपालमा कस्तो असर ?

Vianet communication
Laxmi Bank

घोटाला भएको पञ्जाब नेसनल बैंकको नेपालको एभरेस्ट बैंकमा पनि शेयर छ । बैंक क्षेत्रका विज्ञका अनुसार एभरेस्ट बैंकको सफ्टवेयर प्रणाली समेत पञ्जाब नेसनल बैंकको जस्तै छ । एभरेस्ट बैंकले आफ्नो स्लोगनमै ‘पञ्जाब नेसनल बैंकसँगको संयुक्त उद्यम’ भनेको छ । पञ्चाव नेसनल बैंकको घोटाला प्रकरण सार्वजनिक भएपछि एभरेस्ट बैंकका नेपाली निक्षेपकर्तामा संशय पैदा भएको छ । 

आफूले जम्मा गरेको निक्षेपमाथि पनि बैंकले हिनामिना पो गर्ने हो कि ? भन्ने एभरेस्ट बैंकका निक्षेपकर्ताको चिन्ता छ । ‘एभरेस्ट बैंकलाई नेपालको (पञ्जाब नेसनल बैंक) समेत भन्ने गरिन्थ्यो । यसअघि निक्षेपकर्ताले त्यसलाई विश्वासको रुपमा लिएका थिए,’ एक अर्थ विश्लेषकले लोकान्तरसँग भने, ‘पञ्जाब नेसनल बैंकमै ठूलो घोटाला भएपछि लगानीकर्तामा संशय पैदा हुनु स्वभाविक हो ।’  पीएनबीको घोटाला प्रकरणले एभरेस्ट बैंकको सुरक्षा प्रणालीप्रति समेत अविश्वास बढाएको ती विश्लेषकको भनाइ छ । 

तर नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने नेपाली निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको बताउँछन् । निक्षेपकर्तामा संशस पैदा हुनु स्वभाविक भएपनि पञ्चावको जस्तै घोटाला यहाँ पनि हुन्छ भन्नु स्वभाविक नभएको उनको तर्क छ । 

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री ठूलो अर्थतन्त्र भएको भारतका लागि  त्यो घोटाला त्यति ठूलो नभए पनि यसले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय बजारको विश्वनीयतामा शंका उब्जेको बताउँछन् ।  

उनले भने, ‘घोटाला के थियो भन्ने कुरा एकातर्फ रह्यो । तर बैंक भनेका सर्बसाधारणको सम्पत्ति सुरक्षित राखिदिने विश्वासिलो संस्था भएकाले यसको विश्वनीयता जोगिरहनुपर्छ । यही विश्वनीयता घटेको छ, नेपालीहरले पनि बैंकमा कहिँ पञ्जाब घोटाला जस्तो हुने त होइन ? सोच्न थालेका छन् ।’

एभरेष्ट बैंकको व्यवस्थापन पक्ष बलियो भएकाले नेपालमा खास असर नपरे पनि निक्षेपकर्तालाई स्पष्ट भाषमा बैंकले भन्नुपर्ने उनको भनाई छ ।  

पूँजी बजारमा असर

भारतको पञ्जाब नेसनल बैंकमा घोटालाको खबर सार्वजनिक भएसँगै नेपाली लगानीकर्ता त्रसित भएका छन् । नेपाली पूँजी बजारमा उतारचढाव आइरहेको अवस्थामा पञ्जाब बैंक घोटाला काण्डले पनि बैंकिङ समूहको सेयरमा केही असर परेको बिश्लेषकहरु बताउँछन् । यो खबर सार्वजनिक भएसँगै पूँजी बजारमा पनि केही समस्या देखिएको जानकारको भनाइ छ । बैंकका निक्षेपकर्तालाई ठूलो असर नपरे पनि लगानीकर्ताहरुको मानसिकतामा सानो कुराले असर पर्ने हुँदा यसको असर देखिने पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बताए ।

पञ्जाब नेसनल बैंकको भ्रष्टाचार काण्डा सार्वजनिक भएपछि नेपाली पूँजी बजारमा एभरेस्ट बैंकको शेयर कारोवार केही घटेको छ । त्यसो त अहिले समग्र पूँजी बजार ओरालो लागिरहेको छ । 

गत फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेस्ट बैंकको प्रतिशेयर मूल्य ८६० रुपैयाँ थियो । तर बिहीवार बजार बन्द हुँदा एभरेस्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ८३५ पुगेको छ । 

एभरेस्ट बैंकले प्रतिक्रिया दिन मानेन 

एभरेस्ट बैंकमा पञ्जाब नेसनल बैंकको ११ प्रतिशत संस्थापक शेयर छ । यसहिसावले पञ्जाब नेसनल बैंकमा भएको गडबडीबारे एभरेस्ट बैंले आफ्ना लगानीकर्तँ र निक्षेपकर्तालाई आश्वस्त पार्नुपर्ने हो । तर बैंक प्रशासनले भने यसबारे मौनता साँधेको छ ।  

लोकान्तरले पटक पटक सम्पर्क गर्दा समेत बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले प्रतिक्रिया दिन मानेनन् । प्रबन्धक राजेश गौतमले आफूलाई नेपाली बोल्न नआउने भन्दै प्रतिक्रिया दिनबाट पन्छिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x