×

NMB BANK
NIC ASIA

प्रदेश मन्त्रीको महत्त्वाकांक्षी निर्णय – बिजुली नै नभएको प्रदेश ‘डिजिटल’ !

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १२ फागुन– बिहीवार प्रदेश नम्बर ६ का अन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरे । उक्त पत्रकार सम्मेलनमा विभिन्न बुँदाहरुसहित निर्णय भएको र कार्यान्वयनमा लगिएको मन्त्रीको भनाइ थियो । त्यसैको एक महत्वपूर्ण बुँदा हो ६ नम्बर प्रदेशलाई डिजिटल बनाईने ।

Muktinath Bank

तर, प्रदेश नम्बर ६ यस्तो प्रदेश हो जहाँका दुई जिल्लामा सडक पुगेको छैन । यो प्रदेशको अधिकांश क्षेत्रमा विजुली छैन । दूरसञ्चार क्षेत्रको अवस्था दयनीय छ । अझैपनि जनताको टेलिफोन सेवामा समेत पहुँच पुगेको छैन । इन्टरनेट चलाउनुपरेमा सदरमुकाम आउनुपर्ने बाध्यता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति हुँदा हुँदैपनि मन्त्रीले महत्वाकांक्षी योजना सुनाए । उनको उक्त योजनाले अहिले वीरेन्द्रनगरमा हासीमजाक गर्ने ‘बहाना’ बनेको छ । ‘सुर्खेतकै बड्डिचौरमा विजुली पुगेको छैन । चौकुनेमा राम्रोसँग फोन लाग्दैन । साँझ परेपछि मोबाइलमा नेटवर्क नै हुँदैन ।’ चिया पसलमा भेटिएका सर्वसाधारण भन्दै थिए, ‘अन्य जिल्लाको अवस्था के होला ? साधन स्रोत अभाव भएको प्रदेश, सभामुख, उपसभामुख, मन्त्रीहरुको  निवाससम्म बनाउन नसकिएको यो प्रदेशमा मन्त्रीले के जगहँसाई गरेका होलान् ?’


Advertisment
Nabil box
Kumari

मन्त्रीले घोषणा गरेबमोजिम काम गर्ने हो भने कम्तिमा सबै ठाँउमा विद्युत हुनैपर्छ । तर प्रदेश नम्बर ६ मा यहि गतिमा राष्ट्रिय प्रसारण लाईनको विकास हुने हो भने सबै जिल्लाको गाँउहरुमा विजुली बाल्ने अझै दशक कुर्नुपर्ने देखिन्छ ।

Vianet communication
Laxmi Bank

एकजना स्थानीय राजनीतिज्ञका अनुसार मन्त्रीले यसरी हचुवाका आधारमा कार्यक्रम ल्याउन हुँदैन । हुन त राय सुझाव माग पनि गरिएको छ ।

तर सुर्खेतलाई मात्रै डिजिटल बनाउने कि, प्रदेशलाई बुझ्न गाह्रो भयो । उनले थपे, ‘कार्यदलमा कम्तिमा दक्ष, अनुभवि र प्रदेशबाटै छनोट गरेर वौद्धिक व्यक्तित्व राखिनुपथ्र्यो ।’ उनले यो प्रदेशलाई मन्त्रीले भनेजस्तो डिजिटल बनाउन बर्तमान अवस्थामा सम्भव  नै नभएको बताए । ‘स्थानीय चुनावका बेला स्मार्ट सिटी बनाउँछु नभन्ने कोही पनि थिएनन्, अहिले कति बने स्मार्टसिटी ?’ उनले भने, ‘यो पनि जग हँसाई गर्ने निर्णय हो । घाँटी हेरि हाड निल्नु भन्ने उखान  सम्झेर अघि बढे हुन्थ्यो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x