×

NMB BANK
NIC ASIA

मोबाइलको प्रयोगले क्यान्सर हुन सक्छ ?

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 मोबाइल फोनबाट निस्कने रेडिएसनले कति हानि गर्छ ? यो विकिरणले ट्युमरको खतरा हुन्छ ? यसबाट कसरी बच्ने ?

यी प्रश्नहरूमाथि वैज्ञानिकहरूले वर्षौंदेखि खोज गरिरहेका छन् तर यसको कुनै सटीक उत्तर छैन । 

मोबाइलको रेडिएसन एक्सरे र परावैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्सरे र परावैजनी विकिरणले हाम्रो डीएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्छन् । 

अमेरिकी क्यान्सर सोसाइटीले विकिरणबाट दिमाग, शिर र गलामा ट्युमर हुन्छ कि हुँदैन भनी अनुसन्धान गरिरहेको छ । 

सोसाइटीका अनुसार, मोबाइलबाट निस्कने विकिरणले हाम्रो डीएनएमै परिवर्तन ल्याउन चाहिँ सक्दैन । त्यसैले मोबाइलको विकिरणले क्यान्सर जस्तो रोग उत्पन्न गराउँछ भनिहाल्न मिल्दैन । 

Sagarmatha Cement
Muktinath Bank

कुन फोनबाट कति रेडिएसन निस्कन्छ जान्न्का लागि विशेष अवशोषण दर (एसएआर) को मापदण्ड बनाइएको छ । यसबाट हामीलाई विकिरणको असर मानव शरीरमा कति पर्छ भन्ने थाहा हुन्छ । 

एसएआर भनेको त्यस्तो स्तर हो जुन मोबाइलले धेरै पावरको प्रयोग गर्दा निस्कन्छ । मोबाइल कम्पनीहरूले यसको जानकारी देशको नियमनकारी संस्थालाई दिनुपर्ने हुन्छ । 

तर हामीहरू फोन किन्दा यसमा ध्यानै दिँदैनौं । 

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्सनले एउटा सूची तयार गराएको छ जसमा नयाँ तथा पुराना स्मार्टफोनबाट निस्कने विकिरणको जानकारी दिइएको छ । 

सबभन्दा धेरै विकिरण फाल्ने मोबाइलको सूचीमा वान प्लस र हुआवे तथा नोकिया लुमिया सबभन्दा माथि छन् । आईफोन ७ चाहिँ दशौं, सोनी एक्सपिरिया एघारौं, जेडटीई तेह्रौं र ब्ल्याकबेरी डीटीईके चौधौं स्थानमा छन् । 

मोबाइल रेडिएसनसम्बन्धी कुनै गाइडलाइन छैन जसबाट कति रेडिएसनलाई सुरक्षित मानिन्छ भन्ने थाहा होस् । 

जर्मनीको एक एजेन्सीले केवल त्यही फोनलाई मान्यता दिन्छ जसको एब्जर्पसन लेभल (अवशोषण स्तर) ०.६० भन्दा कम हुन्छ । सूचीमा जति फोन छ त्यसको स्तर यसभन्दा दुईगुणा छ । 

सबभन्दा कम विकिरण भएको फोनको कुरा गर्दा सोनी एक्सपिरिया एम ५ सबभन्दा माथि छ । त्यसपछि स्यामसङ ग्यालेक्सी नोट ८, एस सिक्स एज प्लस, गूगल प्लस एक्सेल र स्यामसङ ग्यालेक्सी एस ८ र एस ७ एज आउँछन् । 

मोटोरोलाका केही फोनमा पनि कम विकिरण पाइयो । आफ्नो फोनको विकिरण जाँच्न चाहनुहुन्छ भने मोडल हेर्नुस् । फोनको वेबसाइटमा पनि त्यसको जानकारी हुन्छ । 

रेडियो फ्रिक्वेन्सी फोनभित्रको एन्टिनानजिक हुन्छ । फोनलाई आफूसँग टाँसेर राख्नुभएमा हानिको सम्भावना बढी हुन्छ । तर अन्य तत्त्वले पनि असर पार्छन्, जस्तो : 

फोन कतिबेरसम्म प्रयोग गरिन्छ

फोन र नजिकैको मोबाइल टावरबीचको दूरी

मोबाइल फोन सिग्नल ट्राफिक


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


धेर फ्रिक्वेन्सीबाट बच्ने तरिका
फोनलाई स्पीकर वा ह्यान्ड्सफ्री मोडमा प्रयोग गर्नुस्

कलभन्दा बढी मेसेजमार्फत कुराकानी गर्नुस् 

कम एसएआर स्तर भएको फोन किन्नुस् ।

बीबीसीबाट
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x