×

NMB BANK
NIC ASIA

एमाले- माओवादीबीच राष्ट्रपति र सभामुखमा मिल्यो भागबण्डा

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ११ फागुन– नेकपा एमाले र माओवादीबीच राष्ट्रपति, उपराष्ट्रपति र सभामुख पदको भागवण्डा मिलेको छ । दुईदलबीच भएको सहमति अनुसार एमालेले राष्ट्रपति तथा माओवादीले उपराष्ट्रपति र सभामुख पद पाउने भएका छन् । 

Muktinath Bank

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ठूला पदको भागवण्डा मिलेको हो । २०७२ सालमा नयाँ संविधान जारी भएपछि एमाले र माओवादीले यसैगरी भागवण्डा मिलाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको कार्यक्रम घोषणा गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन फागुन २३ गते हुनेछ ।


Advertisment
Nabil box
Kumari

केन्द्र र प्रदेशका सांसदले राष्ट्रपति छान्ने छन् । विगतमा संसद सदस्यको बहुमतले राष्ट्रपति छान्ने संवैधानिक व्यबस्था थियो । केन्द्र र प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत रहेका कारण वामपन्थी उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ । 

Vianet communication
Laxmi Bank

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको नाम चर्चामा छ । 

राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसंगको भेटवार्तामा आफू दोहोरिन चाहेको आशय व्यक्त गरेको समाचार प्रकाशमा आएको थियो । 

पहिलो कार्यकाल विवादमुक्त र कुशलतापूर्ण सम्पन्न गरेका कारण भण्डारी राष्ट्रपतिमा दोहोरिने सम्भावना प्रवल छ । पहिलो राष्ट्रपति डा रामबरण यादवले ७ बर्ष काम गरेका थिए । 

पूर्वप्रधानमन्त्री खनाल पनि राष्ट्रपतिका लागि आकाक्षी देखिएका छन्  खनाल स्यमले पनि आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् ।  पूर्व सभामुख नेम्वाङपनि अर्का आकाक्षी हुन् । उनकै नेतृत्वमा नयाँ संविधान जारी भएको थियो । 

उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै उपराष्ट्रपतिमा दोहोरिने सम्भावना छ । तर प्रचण्डले अमिक शेरचनलाई पनि आश्वासन दिएका स्रोतको दावी छ । शेरचन प्रचण्डलाई जिताउन चुनावी अभियानमा लागेका थिए । उनी अहिले सांसद छैनन् । 

नेपाली कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपति पदमा सांकेतिक उम्मेदवारी दिने बताएको छ । कांग्रेसले यसअघि कुलबहादुर गुरुङलाई उठाएको थियो । यसपटक भने गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्ने संकेत गरेका छन् ।

कांग्रेसले कुनै तराइ मधेशको नागरिकलाई उम्मेदवार बनााउने सम्भावना छ ।

सभामुखमा महरा या गुरुङ

भावी सभामुखका लागि माओवादीका कृष्णबहादुर महरा, देव गुरुङ र जयपुरी घर्तीको नाम चर्चामा छ । नयाँ संविधान जारी भएपछि संसदमा रुपान्तरि संसदको सभामुखमा पनि महराको नाम चर्चामा थियो । 

सभामुखका लागि यसपटक लम्जुङबाट चुनाव जितेका गुरुङ र जयपुरी सम्मको चर्चा छ । गुरुङले मन्त्री बन्ने चाहाना व्यक्त गरेपनि यसपटक उनले मन्त्री पाउने सम्भावना कमजोर देखिएको छ । निवर्तमान सभामुख ओनसरी घर्तीपनि सभामुख बन्ने चर्चा थियो ।

बर्षमान पुन सरकारमा गएमा ओनसरीले त्यो मौका पाउने छैनिन् । माओवादीले एक परिवार एक पदको नीति लागू गरेको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसदको अधिवेशन आह्वान गरिसकेकी छिन् । संसदको अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुखको चुनाव भइसक्नु पर्ने व्यबस्था छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x