×

NMB BANK
NIC ASIA

केपी ओलीले ३ लाखको चेक दिँदा पारस खड्काले भने...

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ११ फागुन– नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गरेका छन् । 

Muktinath Bank

युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार प्रधानमन्त्री अाेलीले राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सम्मान स्वरुप जनही रु तीन लाखको चेक हस्तान्तरण गरे । 

प्रधानमन्त्री ओलीले यस किसिमको सम्मानले खेलाडीमा अगाडि बढ्न थप हौसला प्राप्त हुने उल्लेख गर्दै क्रिकेट खेलको विकासको लागि सक्दो पहल गर्ने बताए । उनले देशमा अब दिगो सरकार भएकाले खेलको उन्नति र प्रगतिमा विशेष ध्यान दिनुका साथै खेल क्षेत्रको माध्यबाट अन्तराष्ट्रिय पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने विचार व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको भन्दै आगामी योजना आर्थिक उत्पादनमा विशेष ध्यान दिने बताए । जिम्बाबेमा यही फागुन २० गतेदेखि आयोजना हुने विश्वकप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ । 

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडीमीले पनि क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही रु एक लाख प्रदान ग¥यो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकासको लागि क्रिकेट विकास वोर्डको आवश्यक्ता रहेको विचार व्यक्त गरे । 

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले खेल क्षेत्रको विकासको लागि विभिन्न स्थानमा रंगशाला निर्माण कार्य जारी रहेको भन्दै टुरिजम स्पोर्टसलाई अगाडि बढाउन मन्त्रालय लागि परेको बताए । 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले नेपालको नाम उच्च राख्न आफ्नो टोलीले सक्दो प्रयास गर्ने भन्दै क्रिकेट खेलको विकासका लागि प्रधानमन्त्री ओलीको कार्यकालमा थप सहयोग हुनुका साथै क्रिकेट र फुटबलको रंगशाला निर्माण हुने अपेक्षसमेत व्यक्त गरे । 

कार्यक्रममा खेलाडीले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना प्रदान गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x