×

NMB BANK
NIC ASIA

मोरङ कारागारमा प्रहरी–कैदीबन्दी विवाद, जेल भित्रै नाराबाजी

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १२ फागुन– कैदी होटलबाट भागेपछि प्रहरीलाई कार्वाही भएको बिषयमा मोरङ कारागारमा कैदीबन्दी र प्रहरीबीचको मनमुटाव बाहिर आएको छ । प्रहरीको असहयोग विरुद्ध कैदीबन्दीले केहीबेर कारागारमा नारावाजी गरेका छन्  । 

Muktinath Bank

कैदी बन्दीलाई वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।  बिरामी कैदीबन्दीले सरकारबाट पाउने स्वास्थ्य उपचारको सेवा पनि नपाएको गुनासो गरेका छन् । शुक्रवार ६ जना कैदीबन्दीलाई कोशी अञ्चल अस्पताल पु-याएर प्रहरीले फर्काएको छ । तर उनीहरु उपचार हुन नपाएपछि त्यसै फर्किएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागार सुरक्षा प्रहरीले कारागार प्रशासनबाट ६ जना कैदी बन्दीलाई अस्पताल लैजाने पत्र बिहान १० बजेर २० मिनेटमा प्राप्त गरेको थियो तर बिरामी भने दिउँसो १२ बजेर ५० मिनेटमा मात्र अस्पताल पुगे । 


Advertisment
Nabil box
Kumari

त्यो समयसम्म चिकित्सक अस्पतालबाट बाहिरी सकेका थिए । जसका कारण बिरामीलाई उपचार र्नै नगराई जेल फर्काईएको थियो । एक्स–रे र रगतको जाँच गर्न लगाउँदा त्यो नगरी फर्काएको उनीहरुको गुनासो छ । 

Vianet communication
Laxmi Bank

प्रहरीले आफूहरुको स्वास्थ्यमा समेत वेवास्ता र हेलचक्राइ गरेसँगै कारागार भित्र कैदीबन्दीले नारावाजीले गरेका छन् ।  बिरामी कैदीबन्दीले सरकारबाट पाउनु पर्ने स्वास्थ्य उपचारको सेवाबाट समेट बञ्चित हुनु परेको बताए । कारागारका आन्तरिक प्रशासन प्रमुख अभिषेक गिरीले कैदी बन्दीको उपचारमा प्रहरीले लापरवाही गरेको स्विकार गरे । 

जेलको सुरक्षामा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक गणेश राईले नाईकेहरुलाई हत्कडी नलगाई अस्पताल लैजाने दिईएको सुबिधा रोकिएकोे र आफन्त भेट्न आउँदा बाहिर आउने सुबिधा कटौती गरिएकोले त्यसैको आधारमा योजनाबद्ध रुपमा कैदीबन्दी प्रहरी बिरुद्ध लागेको बताउँछन् । 

उनले भने, ‘नाईकेलाई दिईँदै आएको सेवा सुबिधा कटौती भएपछि हाम्रै बिरुद्ध उनीहरु लागेका हुन् ।’

कारागारका जेलर प्रेमप्रसाद सापकोटासँग यस बारेमा जानकारी लिँदा उनले कारागार प्रशासनले कैदी बन्दीलाई जुनसुकै  समयमा अस्पताल लैजाने गरेको जानकारी दिए कारागार प्रशासनले २४ सै घण्टा आबस्यकताको आधारमा २४ सै घण्टा अस्पताल लैजाने गरेको उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x