छालाको रोगबाट बच्न यसरी खेल्नुस् होली

फागुन १६, २०७४

रंगहरुको पर्व होली  अर्थात फागुपुर्णिमा भोली मनाइँदै छ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा भोलि होली मनाइदै छ भने तराईमा भने शुक्रबार होली मनाइदै छ । 

होलीका क्रममा रंगको धेरै प्रयोग हुने गरेको छ । यसरी रंगको प्रयोग गरेर खेलिने होलीमा सावधानी अपनाउनु जरुरी छ । रंगको प्रयोगले छालामा विभिन्न समस्याहरु देखिन सक्छ  । पानी सहित खेलिने होलीका लागि पानी सफा हुन जरुरी छ । 


ADVERTISEMENT

होली खेल्नका लागि यस्तो तयारी गर्नुस्

होली खेल्नका लागि छुट्टै पहिरनको व्यवस्था गर्नुस् । 

पातला खालको टिसर्ट वा पान्टको प्रयोग गर्नुस् जो चाडो सुक्न सकोस् । 

सकेसम्म पूरै छालालाई डाक्ने खालका कपडाको प्रयोग गर्नुस् । 

कपडाले नछोपेको शरीको भागमा क्रिम लगाउनुस् । 

राम्रा र गुणस्तरीय खालका रंगहरु मात्र खेल्नु होस् । 

होली खेलिसकेपछि नुहानु होस् ।

शरीरमा लागेको रंगलाई रगटेर नभइ नुहाएर हटाउनुहोस् । 


 

फागुन १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस