×

NMB BANK
NIC ASIA

प्रहरीको असई बन्न नसकेका ज्ञानेन्द्र बने प्रदेशको ‘गृहमन्त्री’

फागुन १६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १६ फागुन- प्रहरी सहायक निरीक्षकको परीक्षामा अनुत्तीर्ण भएका बेला ज्ञानेन्द्र यादवले सायदै सोचेका थिए होलान् कि कुनैदिन उनलाई त्यही प्रहरी संगठनको प्रमुखको रूपमा काम गर्ने सौभाग्य आउला भनेर । जनकपुर उपमहानगरपालिका– १९ जमुनियाका ज्ञानेन्द्रकुमार यादव प्रहरी संगठनमा जागिर गर्न चाहन्थे ।

Sagarmatha Cement
Muktinath Bank

कराँते र भलिबलका उत्कृष्ट  खेलाडीसमेत भएका कारण जनकपुरको ख्याति प्राप्त राराब कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला प्रहरी संगठनमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भ्याकेन्सी आह्वान गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसँगै उक्त कलेजका २१ जना विद्यार्थीहरू फारम भरेर विराटनगरस्थित प्रशिक्षण केन्द्रमा असई पदमा परीक्षा दिनका लागि पुगे । त्यहाँ लिइएको फिजिकल टेष्टमा ज्ञानेन्द्र प्रथम भए । विद्यार्थीकालदेखि नै लंग जम्प, हाइ जम्प लगायतमा उत्कृष्ट रहँदै आएकाले पनि उनलाई गाह्रो भएन ।  तर मेडिकल जाँचमा उनीलगायत अन्य केही उत्तीर्ण हुन सकेनन् ।


Advertisment
Nabil box
Kumari

ज्ञानेन्द्र सम्झिन्छन्, ‘अचम्म त के भएको थियो भने जनकपुरबाटै गएका हाम्रा साथीहरूमध्ये सबैभन्दा कमजोर रहेको लालबाबु यादव मेडिकल जाँचमा पास भयो, र हामी राम्रा विद्यार्थीहरूलाई फेल गरियो । जब कि म लगायत अन्य साथीहरू के ढुक्क थियौं भने हामी पास हुन्छौं ।’

Vianet communication
Laxmi Bank

त्यसपछि उनीहरूले प्रशिक्षण केन्द्रमा पुगेर विरोध जनाए । पक्राउ गरेर थुनामा राख्ने प्रयास पनि भयो । अन्तमा सम्झाएर फिर्ता पठाइयो । प्रहरीमा मधेसीको संख्या एकदमै कम रहेकाले आफू जाँदा अन्यका लागि पनि बाटो खुल्छ भन्ने सोचेर भर्ति हुन गएका ज्ञानेन्द्रले त्यसपछि सरकारी जागिर नखाने अठोट गरे ।

समयले उनलाई राम्रै साथ दियो ।  अहिले उनै ज्ञानेन्द्र यादव प्रदेश नम्बर २ मा प्रहरी संगठनसमेतको नेतृत्व गर्ने  आन्तरिक मामिला तथा कानूनमन्त्री (संघीय सरकारका गृहमन्त्रीको जस्तै भूमिका) बन्न सफल भएका छन् ।
यादव प्रदेशको शान्ति सुरक्षा बलियो बनाउन आफ्नो प्राथमिकता रहने बताउँछन् । ‘यो प्रदेशमा बाँकी प्रदेशहरूको तुलनामा शान्ति सुरक्षाको अवस्था अलि बढी नै संवेदनशील भएका कारण शान्ति व्यवस्था कायम गर्नु मेरो पहिलो प्राथमिकता रहने छ,’ उनले भने ।

साथै यादव प्रदेश २ लाई सुशासनको नमूना प्रदेश बनाउन कसैसँग पनि सम्झौता नगर्ने बताउँछन् ।

को हुन् ज्ञानेन्द्र यादव?

१५ वैशाख २०३२ सालमा जन्मिएका यादव विद्यार्थी जीवनदेखि नै राजनीतिसंग जोडिएका थिए । २०४७ सालमा गाउँकै ठेराकचुरी माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी जनकपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रराब कलेजबाट २०५० सालमा आइएस्सी, २०५६ सालमा समाजशास्त्रमा स्नातक तहसम्मको शिक्षा प्राप्त गरेका छन् ।

जब उनी गाउँको विद्यालयमा पढिरहेका थिए त्यतिबेलै २०४५ सालमा नेविसंघको विद्यालय इकाई कमिटीका अध्यक्ष भएका थिए । उच्च  शिक्षा अध्ययनका लागि राराब कलेजमा पुगेपछि अध्ययनसंग–संगै विद्यार्थी राजनीतिमा पनि सक्रिय भए ।

२०५१ सालमा स्वतन्त्र उम्मेदवार बनेर उक्त कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) उपसभापतिमा निर्वाचित भए । २०५३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीका अध्यक्ष बने । २०५४ सालमा अनेरास्ववियुको धनुषा अध्यक्ष, २०५४ सालमा स्ववियु काउन्सिलको केन्द्रीय कोषाध्यक्ष, २०५४ सालमा नै अनेरास्ववियुको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसम्म निर्वाचित भए ।

राराब कलेजमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा समेत उनी निर्वाचित भए । स्ववियु सभापति भएपछि कलेजमा थुप्रै राम्रा कामहरू उनले गरे । उनकै कार्यकालमा राराब कलेजमा पहिलोपटक अंग्रेजी विषयमा स्नातकोत्तर, विज्ञान संकायमा गणित विषयको स्नातकोत्तरको पढाइ शुरु भयो । त्यसअघि मैथिली र हिन्दी विषयमा मात्र स्नातकोत्तरको पढाइ हुन्थ्यो ।

विद्यार्थीहरूको लागि साइकल स्ट्याण्ड, कलेज परिसरभित्र पक्की सडकको निर्माण, कार्यक्रम आयोजन गर्न स्थायी मञ्चको निर्माण, नया लाइब्रेरी भवन निर्माण, गल्र्स कमन रूमको पहिलोपटक व्यवस्थापन, क्यान्टिन व्यवस्थापन, लाइब्रेरीमा ७ लाख रुपैयाँको पुस्तक खरिद लगायत विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजन गरेका थिए ।

२०५९ सालसम्म एमाले पार्टीमा संगठित सदस्यको रूपमा क्रियाशील रहेका यादवले पार्टी परित्याग गरी समाज उठान युवा केन्द्र नामक गैरसरकारी संस्था स्थापना गरेर समाज सेवामा सक्रिय भए । विभिन्न गाउँहरूमा उक्त संस्थामार्फत सडक निर्माण, नहर निर्माण लगायत विकास पूर्वाधार निर्माणका साथसाथै जनचेतनामूलक कार्यक्रमहरू गर्न थाले ।

२०६३ सालको मधेश आन्दोलनपछि मधेशी जन अधिकार फोरममा आवद्ध भई पुनः राजनीतिमा सक्रिय भए । २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट सभासद्का लागि फोरमबाट चुनाव लडे पनि नेपाली कांग्रेसका डा. चन्द्रमोहन यादवसँग पराजित भएका थिए । तर अहिले सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा धनुषाको क्षेत्र नम्बर ४ (१) बाट चन्द्रमोहनलाई नै निरास बनाउँदै प्रदेश सांसद बन्न सफल भए ।

यादवको पहिचान खेलागीको पनि छ । उनी भलिबल र कराँतेका राष्ट्रिय खेलाडी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x