×

NMB BANK
NIC ASIA

जिम्बाब्वेमा रहेका पारसले 'टेस्ट सपना' सुनाउँदै भने- 'आश्चर्यजनक नतिजा निकाल्छौं'

फागुन १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १८ फागुन- आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता छनोट चरणका खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले जिम्बाब्वेमा छ । आइतबारबाट शुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन आयोजक जिम्बाब्वेको सामना गर्नेछ । समूह 'बी'मा रहेको नेपालले समूह चरणमा जिम्बाब्वेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । 

Muktinath Bank

प्रतियोगिताका शीर्ष २ टोलीले आगामी सन २०१९ मा हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । नेपालले भने विश्वकप सहभागिता भन्दा एकदिवसीय मान्यता पाउनुलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ । प्रतियोगितामा सहभागी ५ टोली (वेस्ट इण्डिज, जिम्बाब्वे, आयरल्याण्ड, अफगानिस्तान र नेदरल्याण्ड)सँग सो मान्यता प्राप्त छ, बाँकी ५ मध्ये ३ टोलीले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पाउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिम्बाब्वेमा रहेका पारसले बीबीसीसँग कुराकानी गर्दै आफ्नो टेस्ट सपना सुनाएका छन् । साथै उनले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आश्चर्यजनक नतिजा निकाल्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

पारसको टेस्ट सपना उनकै शब्दमा-

Vianet communication
Laxmi Bank

नेपाली क्रिकेटमा धेरै प्रतिभाशाली खेलाडीहरू छन् । हामीले धेरै अन्डर १९ क्रिकेट खेलेका छौं । अहिले टेस्ट खेलिरहेका देशहरूसँग पनि हामीले क्रिकेट खेलिसकेका छौं । टेस्ट मान्यता पाउनु हाम्रो ठूलो सपना हो ।

अफगानिस्तानले टेस्ट मान्यता प्राप्त गर्नका लागि गरेको अद्भुत यात्राका बारेमा हामीलाई थाहा छ । उनीहरूले त अझ हामीभन्दा पछि क्रिकेट खेल्न थालेका हुन् । अफगानिस्तान त जुनसुकै देशका लागि पनि उदाहरणका रूपमा रहेको छ । हामी पनि उनीहरू जस्तै अघि बढ्न चाहन्छौं ।

हामीले विश्वकप क्वालिफायरका लागि अफगानिस्तान, जिम्बाब्वे, हङकङजस्ता उम्दा टोलीसँग खेल्दैछौं । यो हाम्रा लागि सर्वोच्च खेलमञ्च हो । हामीले डिभिजन–२ मा राम्रो क्रिकेट खेलेका थियौं र यति परसम्म आउन सक्यौं । क्वालिफायरमा हामीले झन् राम्रा टीमहरूको सामना गर्दैछौं र यो हाम्रा लागि राम्रो अवसर हो ।

हाम्रा विपक्षीहरूलाई नै जित्ने दबाब छ । हामी त मैदानमा गएर आफ्नो प्राकृतिक खेल खेल्ने हो । हामी विश्वलाई नेपाली क्रिकेट पनि उदाउँदो छ भन्ने देखाउन चाहन्छौं । हामीसँग प्रतिभाशाली खेलाडीहरू छन् र आफ्नो सर्वोत्कृष्ट प्रदर्शनमार्फत आश्चर्यजनक नतिजा निकाल्नेछौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x