×

NMB BANK
NIC ASIA

माटाको भाँडा बनाउन सूर्यविनायकदेखि सुन्दरबजारसम्म

फागुन १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपूर, सूर्यविनायकका बाबुराजा प्रजापति हरेक हिउँदमा लमजुङको सुन्दरबजारमा हुन्छन् । जहिल्यै निधारको दुई आँखीभौंको बीचमा सिन्दुरे टिका लगाउने उनी पुख्र्यौली पेशालाई अँगाल्दै माटाका भाँडा बनाउन थालेको ४५ बर्ष भइसक्यो । 

Muktinath Bank

बाबुराजा अहिले ६६ बर्षका भए, ३४ बर्षदेखि हरेक हिउँदमा उनी यही सुन्दरबजारको माटोमा काम गरिरहेका छन् । पहिले पहिले सानै उमेरमा दाजुहरुसँग आएका बाबुराजा भाँडा बेच्न गाउँ गाउँ चाहर्थे । त्यसैले यस क्षेत्रका अधिकांशको घर र नाम समेत चिन्छन् उनी । कति त उनी आउन थाले पछि जन्मेका । पहिले पहिले उनीसँगै आउनेहरु कति परलोक भैसके भने कति रापिलो घाम ताप्दै दिन काटीरहेछन् । अहिले उनी यहाँ आउने समूहका मुख्य व्यक्ति हुन् । बाबुराजाले यहाँ बाहेक तनहूँ, गोर्खा र भरतपूरमा काम गरीसकेका थिए सानै उमेरमा । उनैको नेतृत्वमा पनि ६–७ जना आउथे । तर केही बर्षयता ४ जना मात्र आउन थालेका छन् । चारजनामध्ये दुईजना सूर्यविनायक नगरपालिका र दुई जना मध्यपूर नगरपालिका निवासी भएको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले पहिले ९–१० जना आउँथ्यौं । भाँडा बनाउन भ्याईनभ्याई हुन्थ्यो । एकै दिनमा बनाएका ४०–५० बटा घ्याम्पा र त्यत्तिनै गाग्राले पनि पुग्दैनथ्यो । त्यतिकै संख्यामा अन्य सामानहरु लैजान्थे गाउँलेहरुले । गाउँबाट डोको बोकेर आउनेको ताँती लाग्थ्यो । त्यसैले दुई जनाले चर्खा चलाउँदा पनि पु¥याउनै मुस्किल पथ्र्यो । कतिले नपाएर यहीं पर्खेर बस्थे । उनीहरुले बनाएको टहरोमै ग्राहक पाहुना समेत पाल्नु पथ्र्यो ।


Advertisment
Nabil box
Kumari

बाबुराजाको अनुभवमा अहिले प्लाष्टिक र अन्य धातुका भाँडाले पेशा संकटमा परिसकेको छ । तर पनि कुनै कुनै चिज त माटोकै चाहिन्छ भनेर लिन आउने गर्छन् । अधिकांश खुद्रा विक्रि गर्छन् उनीहरु । बाँकी रहेका पसलमा थोक मूल्यमा बेचेर सक्छन् । 

Vianet communication
Laxmi Bank

अहिले उनीसँगै आएका चार जना मध्ये प्रेम प्रजापति पनि भाँडा बनाउन उत्तिकै सिपालु छन् । नयाँ नयाँ मोडलमा आधुनिकतालाई अँगालेर भाँडा निर्माण गर्ने प्रेम पनि यतातिर आउन थालेको ८ बर्ष भयो । उनी भन्छन्–“काठमाण्डौतिर भन्दा यहाँ अलि फरक मोडलका भाँडा बढी रोज्छन् ग्राहकले” । माटो पनि त्यति राम्रो हुँदैन, त्यसैले भनेजस्तो अझै गर्न सकेको छैन । यो समूहमा आउने मध्ये आधुनिक विद्युतबाट चल्ने चक्रमा भाँडा बनाउन जान्ने पनि उनै हुन् । अरुले खासै जान्दैनन् यो चक्रमा । प्रेम भन्छन् –“पहिले पहिले टायरमा काठ ठोकेर बेरिङ राखेर बनाइएको चक्रमा लठ्ठीले घुमाउनु पथ्र्यो, अहिले सजिलो भएको छ ।” तर अरुले भने आधुनिक चक्रको गति मिलाउन नजानेर भाँडाको आकार निकाल्न सक्दैनन् रे । प्रेमको अनुभवमा टायरको चक्रमा थिच्दा गति कम हुने र छोड्दा बढ्ने हुन्थ्यो । यसमा आवश्यकता अनुसार ब्रेक लगाएर मिलाउनु पर्छ । ब्रेक गोडामा हुन्छ । माटो तान्ने र मिलाउने हातले गर्नु पर्छ । साईकल चलाउन सिके जस्तै हो । हाततिर मिलाउन खोज्यो, खट्टामा राखिएको ब्रेक विर्सने, खुट्टाको ताल मिलायो, हातले विर्सने ।

हिउँदको जाडो भक्तपूरमा कस्तो हुन्छ भन्ने उनीहरुले चाल नपाएको लामो समय वित्यो । प्रायजसो एकसरो सर्ट र सुरुवालमा देखिने उनीहरु भन्छन्– उतातिर त यतिखेर चिसोले काम गर्नै सकिदैन । प्रेम प्रजापति भन्छन्– “आफ्नो बाबुबाजेले अँगालेको पेशा माटाका भाँडा बनाउने हो, यतातिर कुमालको पेशा हो यो” 

सिप सिक्न चाहनेलाई सिकाउने प्रेमको ईच्छा पूरा भने भएको छैन । नयाँ पुस्ताहरु माटोको काम गर्न रुचाउँदैनन् । यही सुन्दरबजारमा पनि कुनै संघ संस्थाले तालिम कार्यक्रम राखेमा सिकाउने ईच्छा छ प्रेमको । तर अहिले कसैले सिक्न नचाहेर हो या किन हो । माटाका भाँडा बनाउने तालिम आयोजना भएका छैनन् । यस अघि केहि समय उनी गुल्मि पुगेका थिए, त्यहाँ भने केही व्यक्ति र संघसंस्था यस्तो सिप सिकाउन ईच्छुक भएको बताएका थिए । प्रेमका अनुसार माटाका भाँडा बनाउन प्रयोगात्मक सिप दिनु पर्छ । पढेर र हेरेर हुँदैन । प्रत्येक भाँडा बनाउने तरिका फरक फरक भएको हुँदा सोही अनुसार सिकाउन करिब ३ महिना समय लाग्छ ।

सुन्दरबजारमा निर्माणाधिन मध्यपहाडी लोकमार्गको छेवैमा टहरो छठ्याएर बसेका उनीहरु रातका केही प्रहर बाहेक माटोको काममै व्यस्त देखिन्छन् । आफ्नो सिप अनुसार काम बाँडफाँड गरेका छन् । श्रीप्रसाद माटो मुच्छन्, प्रेम चक्रमा भाँडा बनाउँछन्, बाबुराजा र रामभक्त चक्रबाट निर्मित भाँडालाई आवश्यकतानुसार पिटेर फरक फरक आकारमा ढाल्छन् । भाँडा पोल्न पनि उनीहरुको यहाँ आधुनिक भट्टी छैन । गह्राको कान्लामा खोपेर बनाइएको भट्टीमा पोल्छन् । यसरी नै चल्छ भाँडा बनाउने चक्र झैं उनीहरुको दिनचर्या । 

लामो समयदेखि यहाँ भाडाँ बनाउन आउने उनीहरु जस्तै अन्य जिल्लामा अहिले कोही जाँदैनन् रे । उनीहरुले बुझे अनुसार । बाबुराजाका अनुसार आफ्नो छरछिमेक र भक्तपूरमा काम गर्ने कोही गएको थाहा छैन । घरमै काम गरेर पनि यति कमाउन त सकिन्छ । तर, यतातिरका व्यापारी अरु जिल्लाबाट जस्तै भक्तपूरमा भाँडा लिन पुग्दैनन् । त्यसैले यहीं व्यापार हुन्छ भनेर आएको हो ।

भक्तपूरतिर यतिखेर चिसो छ, माटोमा काम गर्न सकिंदैन रे, त्यसै भएर यही हिउँद पारेर बर्षेनी आउँदा कमाएर लगेको पैसाले जिविकोपार्जनमा थप राहत मिल्छ । घरमा रहँदा पनि उनीहरुको पेशा यहि हो । देशमा विभिन्न ठाउँबाट आएको अर्डरलाई थेग्नै धौ धौ पर्ने गरी भाँडा निर्माण हुन्छन् । “पन्ध्र बीस दिन काम ग¥यो भने ५० हजार जति कमाइन्छ, तर यहाँ त्यस्तो छैन” प्रेमले भने – भाँडा पनि उतै महंगोमा बेच्न पाइन्छ । पुसको अन्त्यतिर वा माघमा आउने उनीहरु चैत महिनामा घर फर्किन्छन् र निरन्तरता दिन्छन् यही पेशालाई । 

सन्तोष पौडेल
सुन्दरबजार, लमजुङ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x