×

NMB BANK
NIC ASIA

रक्सी पिएर कुटाकुट गर्ने कर्मचारीलाई एक हजार जरिवाना

फागुन २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २० फागुन– कार्यालय समयमा मदिरा सेवन गरी आपसमा कुटाकुट गर्ने कर्मचारीहरुलाई जनही एक–एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फागुन १७ गते कार्यालय समयमा आपसमा कुटाकुट गरी होहल्ला गर्ने जिल्ला मालपोत र नापी कार्यालयका चार जना कर्मचारीसहित छ जनालाई जरिवाना गरिएको हो ।
 
मालपोत कार्यालयका नायव सुब्बा पूर्णानन्द जोशी, खरिदार ज्ञानेन्द्र ओझा, नापी कार्यालयका सर्वेक्षकद्वय विरेन्द्र सिंह र महादेव जोशीलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै लेखापढी कानून व्यवसायी नवराज जोशी र नापीका प्रयोत्गात्मक विद्यार्थी सागर कुवँरलाई पनि कारवाही गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा (९) को (१) बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

आज (आइतवार) कार्यालयका प्रमुखसहित ती कर्मचारीहरुलाई बोलाएर सोधपुछ गरेको बताउँदै प्रजिअ रिजालले सत्यतथ्य खुलाई पठाउनको लागि सम्बन्धित कार्यालयको प्रमुखलाई पत्रचार समेत गरिएको बताए ।

Vianet communication
Laxmi Bank

कुटपिटको क्रममा नासु पूर्णानन्द जोशीको हात भाँचिएको छ । उनी वाहेक सबै जनालाई आज जिल्ला प्रशासन कार्यालयमा उपस्थिति गराइएको थियो ।

यसैबीच विभिन्न सञ्चारमाध्यमहरुमा घुस रकममा कुरा नमिल्दा मदिराको नशामा रहेका कर्मचारीहरु आपसमा रकमको हिसाबकिताब खोज्दै कुटपिट गरेकोे भनी आएको थियो । जसबाट ती कार्यालयसहित कर्मचारीहरुको व्यापक आलोचना हुनुको साथै घुसयाहा कर्मचारीहरुलाई कडा कारवाही गरिनुपर्ने आवाज उठिरहेको छ ।

घटनाको शुक्ष्म रुपमा अनुसन्धान जारी राखेको प्रजिअ रिजालको भनाई छ । जसका लागि जिल्ला प्रशाशन कार्यालयका कानूनी अधिकृत लोकमणि पाण्डेलाई घटनाको वास्ताविकता बुझी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

फागुन १७ गते कार्यालय समयमा मदिरा सेवन गरी कुटपिट गरिरहहँदा उनीहरुलाई प्रहरीले वियर र रक्सीको बोतलसहित नियन्त्रणमा लिई छाडेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x