×

NMB BANK
NIC ASIA

भक्तपुरमै छैन बैंकिङ सेवा, दुर्गमको अवस्था कस्तो होला ?

फागुन २२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, २२ फागुन–राजधानी नजिकै भक्तपुरकाे चाँगुनारायण नगरपालिकामा अझै पनि बैंकिङ सेवाको अभाव रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल राष्ट्र बैंकले एउटा स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक खोल्ने नीति लिए पनि काठमाडौँसँग जोडिएको चाँगुनारायणमा हालसम्म वाणिज्य बैंकको शाखा स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाँगुनारायण जिल्लाकै सबैभन्दा बढी ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस नगरपालिकाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोललगायत क्षेत्रका बासिन्दालाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असहज भएको छ । यहाँका बासिन्दा सहकारीमार्फत आर्थिक कारोवार गर्दैआएका छन् । 


Advertisment
Nabil box
Kumari

“सहकारीबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता छ,” ताथलीका मोहनकुमार छुँकाले भने । सरकारले रु १० लाखभन्दा बढीको आर्थिक कारोवार बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेपछि समस्या भएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

खाता खोल्न र खातामा भएको रकम झिक्न एक दिनको समय खेर जानेगरी कमलविनायक र सूर्यविनायक धाउनुपर्ने बाध्यता रहेको नगरकोटका धनबहादुर लामा बताउनुहुन्छ । धेरै रकम लिएर हिँड्नु पर्दा लुटपाटको डर हुने उनले बताए । 

चाँगुनारायण नगरपालिकामा नगरकोट र चाँगुनारायणजस्ता पर्यटकीय क्षेत्र छन् । यहाँ अस्पताल र कलेजसमेत छन् । सम्पत्ति शुद्धीकरण आयोगले पनि रु १० लाखदेखि माथिको कारोवार गर्दा बैंक र चेकबाट मात्र गर्नुपर्ने निर्देशन जारी गरेको छ । 

चाँगुनारायण नगरपालिकाको आर्थिक कारोवार माछापुच्छ«े, नेपाल बैंक र कैलाश विकास बैंकमार्फत भइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नपामा बैंक सेवा ल्याउनका लागि माछापुच्छे«, प्रभु, सानिमा, एनएनबी, नेपाल बैंकलगायत १० वटा बैंकमा पत्राचार गरी पटक पटक छलफल गरिएको उनको भनाइ छ । जिल्लामा रहेका बैंक सूर्यविनायक र कमलविनायकमा बढी केन्द्रित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x