फागुन २२, २०७४

मध्यरातमा एकतमासको गड्गड् आवाजले पृथ्वी लोकमा रहेका सजिवको ज्यान थर्रर काप्न थाल्यो । निद्रामा रहेकी आशा हड्वडाई । सुस्तरी मोबाइल खोज्न चारैतिर हात लम्काई । मोबाइल भेटियो । आशाले मोबाइल तानेर हेर्दा रातको १ः२० बजेको थियो ।  

फेरी शरिर नै हल्लिने गरी बेतोडले आकाश गर्जियो । उसले लख काटी । चट्याङ्ग नजिकै पर्यो । यसले निम्त्याउने बित्यास सम्झेर उसको मनमा डर र चिन्ता समानान्तर भएर दौडिन थाले । घरमा बा आमा नभएका बेला यो संकट आइपरेको थियो । 

मान्छेका चर्का स्वरहरु आशाको कानसम्म आइरहेका थिए भने बेलाबेलामा आधी हुरी सहितको चट्याङ्ग । बाँच्ने आशा हरायो । उ नाम मात्रकै आशामा सिमित बन्न थाली । 

उ सुत्ने कोठाको दक्षिणपट्टी टि.भि. थियो । लोडसेडिङ्ग हुने उसको गाँउमा बिधुत आउदाँ फिल्मका दृश्यमा यि सबै उपक्रम चलेका थिए । आफैले बन्द गर्न बिर्सिएको टि.भि.ले वास्तविक रुपमै छलिएकी थिई । यो थाहा पाइसक्दा उ चिटचिट आएका पसिनाले निथु्रक्कै भिजेकी थिई । गलेकी थिई । 
 


ADVERTISEMENT

फागुन २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस