कान्तिपुर विरुद्धको मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने

फागुन २२, २०७४

काठमाडौँ, २२ फागुन- सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुप  विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्नेे भएको छ । 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज विषयवस्तुको गम्भीरतालाई ध्यान दिँदै गहनतम छलफल गर्नुपर्ने भएको भन्दै बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । 


 मुद्दा माथिको सुनुवाइपछि अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘अदालतको अपहेलनासम्बन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यता एवम् व्यवहारमा यसको प्रयोग सम्बन्धमा बृहत् व्याख्याको यस इजलासले महसुश ग¥यो, गहनतम छलफल गर्नुपर्ने भएकाले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनुपर्ने देखिन्छ ।’ 

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले   अवहेलनाको मुद्दा दायर गरेका थिए  । प्रधानन्यायाधीश पराजुलीको एकल इजालासले यही फागुन १३ गते अदालतको अपहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि ७२ घण्टाभित्र उपस्थित हुन आदेश दिएको हो । 

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको थियो । सोही विषयमा बयानपछि अदालतले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने तय गरेको हो । 

फागुन २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार