×

NMB BANK
NIC ASIA

सञ्जय दत्तकी प्रशंसकले उनको नाममा गरिन् सबै सम्पत्ति दान

फागुन २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ फागुन — बलिउड अभिनेता सञ्जय दत्त प्रायः विवादमा रहिरहन्छन् । तर अहिले चाहिँ उनी कुनै विवादमा छैनन् ।

उनको एक प्रशंसकले गरेको कामका कारण उनी अहिले चर्चामा छन् । ती प्रशंसकले आफ्नो सबै सम्पत्ति सञ्जय दत्तको नाम गरिदिएकी छन् । 

सञ्जयलाई बैंक अफ बडोदाका तर्फबाट पत्र आएपछि उनी पनि छक्क परे । बैसट्ठी वर्षीया निशि हरीशचन्द्र त्रिपाठीले सबै सम्पत्ति सञ्जय दत्तको नाममा सारिदिएको पत्रमा लेखिएको थियो । 

उनले आफ्ना परिवारका मानिसलाई नभई सञ्जय दत्तलाई सम्पत्ति दिएकी रहिछन् । निशिको बैंक लकर कानूनी औपचारिकताका लागि खोलिएको छ । 

यसबारेमा सञ्जय दत्तले भने, ‘अभिनेता हुनुका नाताले हामीले यस्ता कुराको सामना गरिरहेका हुन्छौं । कहिलेकाहीँ प्रशंसकहरूले आफ्नो बच्चाको नाम हाम्रै नामबाट राखिदिन्छन् । हामीलाई सडकमा पछ्याउँछन् । हामीलाई उपहार दिन्छन् । तर यस्तो घटना चाहिँ मैले कहिल्यै भोगेको थिइनँ । म यो सम्पत्तिमा दाबी गर्दिनँ । म यो प्रशंसकलाई चिन्दैनथिएँ र यो घटनाले मलाई छक्क पारिदियो ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x