माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
संघीय संरचना अनुसार देशलाई सातवटा प्रदेशमा विभाजित गरिएको छ । जसमध्ये तनहुँ ,कास्की ,गोरखा ,लम्जुङ,स्याङजा ,मनाङ, मुस्ताङ, पर्वत तथा बाग्लुङ र नवलपरासीको आधा —आधा भाग समेटेर प्रदेश नम्बर ४ बनाइएको छ ।
भौगोलिक हिसाबमा हेर्ने हो भने प्रदेश नम्बर ४ ले दक्षिणमा भारत र उत्तर चीनको भू—भाग छोएको छ । जसका कारण यो प्रदेशलाई अन्य प्रदेशको तुलनामा राम्रै प्रदेशको रुपमा हेरिएको छ ।
त्यतिमात्र होइन प्राकृतिक सम्पदा ,जलस्रोत ,पर्यटन कृषि ,कला ,सस्कृति , धार्मिक हिसाबले समेत यो प्रदेशलाई सम्भावना युक्त प्रदेशको रुपमा हेरिएको छ । किनकि यो प्रदेशमा सेती ,मादी ,मरस्याङदी, काली गण्डकी लगायतका नदीहरु रहेका छन् भने धार्मिक हिसाबले महाभारत ,चारवेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मस्थल दमौली, देवघाट , मुक्तिनाथ , गोरखा कालिका ,मनकामना लगायतका महत्वपूर्ण धार्मिक स्थलहरु यहि प्रदेशमा रहेको अवस्था छ ।
त्यस्तै कला सस्कृति र रीतिरिवाज समेत प्रदेश नम्बर ४ मुलुकमै निकै धनी मानिन्छ । किनकि घाँटु ,सोरठी,कौरा, झयाउेर लगायतका नेपालका चर्चित नाँच तथा लोकभाकाहरु समेत यहि प्रदेशमा नै बढी प्रचलनमा रहेको पाइन्छ । त्यस्तै तराईको थारु र हिमाली समुदायको कला र सस्कृति समेत प्रदेश नम्बर ४ मा समावेश भएको छ । यथार्थताको धरालतमा उभिएर भन्ने हो भने प्रदेश नम्बर ४ लाई लोकसंस्कृतिको राजधानी नै घोषणा गर्दा समेत केही फरक पर्ने देखिदैन ।
देशका ७ वटा प्रदेश मध्ये निकै सम्भावना बोकेको यो प्रदेशको नाम के राख्ने भन्दै वहस भइरहेको छ ।
यसरी वहसको विषय बन्नेक्रममा प्रदेश नम्बर ४ लाई गण्डक,गण्डकी, गोरखा, धवलागिरी , तमुवान ,मगरात, धवलागिरी लगायतका नामहरु राख्नुपर्ने आवाज उठिरहेका छन् ।
विगतलाई एकपटक फर्केर हेर्ने हो भने माओवादी सशत्र जनयुद्धका क्रममा प्रदेश नम्बर ४ लाई तमुवान प्रदेश नामकरण गरेको अवस्था थियो । तर मुलुकको राजनीति धेरै अगाडि बढि सकेको अवस्था छ । साच्चै भन्नुपर्दा माओवादीले त्यतिबेला उठान गरेको तमुवान प्रदेशको माग यतिखेर छाडि सकेको अवस्था छ । जसले गर्दा प्रदेश नम्बर ४ को नाम तमुवान हुने सम्भावना अत्यन्त कम रहेको छ । तमुवान मात्र होइन जातिय नारासँग जोडिएका अन्य नामबाट प्रदेशको नामाकरण हुने सम्भावना निकै कम रहेको अवस्था छ ।
यतिखेर चर्चा चले अनुसार गण्डक, गण्डकी ,गोरखा तथा गण्डकी धवलागिरी नै प्रदेश नम्बर ४ को नाम प्रवल सम्भावना रहेको छ । प्रदेश नम्बर ४ को नामको विषयलाई चर्चा परिचर्चा भईरहँदा एउटा सम्भावित नाम भने गर्भमा लुकेर रहेको छ । जुन नाम हो व्यास । जुन नामका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले गम्भीरता पूर्वक सोचिरहेको देखिदैन । गम्भीरता सोचेका हुँदा हुन त अवश्य पनि प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राखिनुपर्दछ भनेर आवाज उठाउने थिए ।
व्यास प्रदेश नै किन राख्ने ?
व्यास अर्थात वेदव्यास महाभारत ,चारवेद र अठार रचयिता हुन् । यिनको जन्म प्रदेश नम्बर अन्र्तगत पर्ने तनहुँको सदरमुकाम दमौलीमा परापूर्व कालमा भएको धर्मग्रन्थमा उल्लेख्य छ । धार्मिक महत्वको हिसाबले हेर्ने हो व्यास जन्मभूमि संसारका महत्वपूर्ण स्थलहरु मध्ये एक हो । जुन विषयलाई सारा संसारले मानि आएको छ । तर तिनै व्यासको जन्मभूमि भने उचित प्रचार —प्रसारको अभावमा ओझेलमा परिरहेको अवस्था छ । यस्तो अवस्थामा व्यासको नाममा प्रदेशको नामकरण अति सान्र्दभिक हुने देखिन्छ ।
प्रदेश नम्बर ५ कै हकमा हेर्नेहरु भने त्यसक्षेत्रका स्थानीय वासिन्दा ,सामाजिक संघसंस्था र राजनीतिक दलका नेताहरु बुद्धको नामसंग जोडेर प्रदेशको नामकरण गर्ने तयारीमा जुटिरहेको अवस्था छ । यस्तो अवस्थामा प्रदेश नम्बर ४ मा पनि व्यासको नाम जोडेर प्रदेशको नामकरण गर्दा अति सान्र्दभिक हुने देखिन्छ । प्रदेश नम्बर ४ मा व्यासको नाममा प्रदेशको नामकरण गर्ने हो भने हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनमा समेत राज्यले विशेष ध्यान दिएको सहजै अनुमान लगाउन सकिन्छ । हेरौ, यस विषयमा प्रदेश सभाले कस्तो निर्णय गर्छ त्यो त भविष्यले नै देखाउँने छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...