मिर्गौलाको सुरक्षा कसरी गर्ने ? डा. ऋषिकुमार काफ्लेसँगको भिडियो कुराकानी

फागुन २३, २०७४

काठमाडौं, २३ फागुन- राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले मिर्गौलाकै उपचारका लागि कोही पनि नेपाली विदेश जानुपर्ने अवस्था नरहेको बताएका छन् । लोकान्तर डटकमको कार्यक्रमम लोकान्तर हेल्थ शोमा मिर्गौला रोगको विषयमा कुराकानी गर्दै डा. काफ्लेले नेपालमा नै मिर्गौलाको सफल प्रत्यारोप तथा डाइलाइसिस सेवा रहेको भन्दै यस्तो बताएका हुन् ।


ADVERTISEMENT

सरकारले अबको दश वर्षभित्र प्रत्येक जिल्ला अस्पतालमा डाइलाइसिस सेवा विस्तार गर्ने योजना बनाउन जरुरी रहेको उनको भनाइ छ । कुल जनसंख्याको १० प्रतिशत नेपालीमा मिर्गौला सम्बन्धी कुनै न कुनै रोग भएकाले उपचारमा पहुँच पुर्‍याउन सरकारले डाइसासिस सेवा विस्तार गर्न आवश्यक रहेको बताए ।

उनीसँग हामीले मिर्गौलाको सुरक्षा तथा मिर्गौला रोगसँग सम्बन्धित विविध विषयमा कुराकानी गरेका छौँ । 

 

फागुन २३, २०७४ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस