×

NMB BANK
NIC ASIA

वायो ग्यास उत्पादनको तयारीमा ‘गण्डकी उर्जा’, दैनिक १२० सिलिन्डर उत्पादन गर्ने लक्ष्य

फागुन २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ फागुन–पोखरामा नेपालको सवैभन्दा ठूलो वायो ग्यास प्लान्ट निर्माण भइरहेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको अनुदान र प्राविधिक सहयोगमा पोखराको मजुवामा वायो ग्यास प्लान्ट निर्माण भइरहेको हो । 
‘गण्डकी उर्जा’ नाम दिइएको उक्त ग्यास प्लान्ट १२ जना युवाको अग्रसरतामा निर्माण भइरहेको छ । जग्गा  खरिद बाहेक ग्यास उत्पादन प्लान्टमा १८ करोडको लगानी लाग्ने छ ।
पोखराबाट १५ किलोमिटर दक्षिणमा रहेको मजुवामा निर्माणधिन प्लान्ट ५० रोपनी जग्गामा फैलिएको छ । कम्पनीले किनेको २५ रोपनी र ३० वर्षका लागि भाडामा लिइएको २५ रोपनीमा प्लान्ट निर्माण भइरहेको गण्डकी उर्जाका कार्यकारी अधिकृत प्रतिक गुरुङले बताए । 

Muktinath Bank


प्लान्टबाट दैनिक १६०० केजी ग्यास उत्पादन हुने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


ग्यास निकाल्नका लागि दैनिक ४० देखि ४५ टन कच्चा पदार्थ चाहिन्छ । त्यसका लागि फोल्ट्रफर्मको फोहर, गाईबस्तुको मल, कुहिएको तरकारीका बोर्का आवश्यक पर्छ । 
‘ग्यास उत्पादनलाई चाहिने कच्चा पदार्थ पोल्ट्री फर्म, गाई फर्म, तरकारी बजारबाट ल्याउछौं’ गुरुङले भने,‘अहिले कच्चा पदार्थ प्रतिकिलो एक रुपैयाँमा किनिरहेका छौं ।’
प्लान्टबाट दैनिक १६०० केजी ग्यास अर्थात , (१४ केजीको एलपी ग्याससँग तुलाना गर्दा) तथा  दैनिक १५ टन प्राङगरिक मल उत्पादन हुने गुरुङले बताए । 


Advertisment
Nabil box
Kumari

उक्त कम्पनीले कच्र्चा पदार्थ प्रति केजी रु १ एकका दरले खरिद गर्ने गर्छ ।

Vianet communication
Laxmi Bank

५० प्रतिशत काम सम्पन्न
ग्यास र प्रांगारिक मलको विक्रि वितरण गर्नका लागि सञ्चालनमा ल्याउन लागिएको गण्डकी उर्जाको निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको प्रमुख कार्यकारी गुरुङले जानकारी दिए । 
‘अहिलेसम्म करिब ५० प्रतिशत काम सकिएको छ अब तीन महिना भित्रमा बाँकी काम सक्ने योजना छ’ गुरुङले लोकान्तरसँग भने । 
प्लान्ट निर्माणसम्पन्न भएर उत्पदान शुरु भएसँगै ४० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । साथै बायो प्लान्टको लागि मेकानिकल इन्जिनियर, इलेक्ट्रनिकल इन्जिनियर, माइक्रोबायोलोजिष्ट, बातावरण विज्ञको समेत आवश्यकता पर्ने गुरुङले बताए । 
‘प्लान्ट निर्माण सकिएसँगै हामीलाई जनशक्तिको आवश्यकता पर्छ’ गुरुङले भने,‘हामी स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिन्छौं र दिइरहेका पनि छौं ।’
बजारमा फालिएको कुहिने फोहोलाई जम्मा गरि यसबाट ग्यास निकालेर पर्यावरणलाई सफा राख्ने लक्ष लिएको उनले बताए ।  उनले भने–“फोहोरबाट मोहोर निकाल्ने हाम्रो उद्देश्य हो  । यसले बातावरण पनि सफा हुन्छ र आम्दानी पनि हुन्छ ।’

सरकारी टोलीद्वारा निरीक्षण
यस बायो प्लान्टको हालै सरकारी टोलीले निरीक्षण गरेको छ ।
जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, वैकल्पिक ऊर्जा प्रबद्र्धधन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा वैकल्पिक ऊर्जाका प्राविधिकसहित ७ जनाको टोलीले प्लान्टको स्थलगत निरीक्षण गरेको हो ।

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले नेपालमा वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै आएको छ । गोबर ग्यास, बायो ग्यास, हावाबाट बिजुली, पानी घट्टबाट बिजुली, माइक्रो हाइड्रो, सौर्य ऊर्जाबाट बिजुली, बायोमासजस्ता वैकल्पिक ऊर्जाका स्रोतका लागि अनुदानसमेत दिँदै आएको छ ।

केन्द्रले शहरी क्षेत्रबाट निस्कने फोहोर, गोबर ग्यास, सौर्य ऊर्जा, हावाबाट बिजुलीजस्ता वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्दै आएको कार्यकारी निर्देश रामप्रसाद धितालले बताए ।

देशका १८ प्रतिशत बिजुलीको पहुँच नपुगेका ठाउँमा र विकासोन्मुख शहरी क्षेत्र तथा विकासशील शहरी क्षेत्रमा खाना पकाउने ग्यासको समस्या भएकोले त्यसको न्युनिकरणका निम्ति वैकल्पिक बायो ग्यासको लागि विषेश जोड दिइएको धितालको भनाइ छ ।
वेस्ट इनर्जी (फालिएको कुहिने फोहोरबाट निस्किने ऊर्जा)को रूपमा शहरबाजरबाट निस्कने कुहिने फोहोर, गाइबस्तुको गोबर, चिनी मिलबाट निस्कने फोहोर आदिलाई ऊर्जाकोरूपमा विकास गर्नका लागि केन्द्रले ठूलो परियोजना अघि बढाएको छ ।


परियोजनाअन्तर्गत भैरहवानजिकै नवलपरासीको सुकौलीमा प्लान्ट निर्माण सम्पन्न भई उत्पादनसमेत शुरु भइसकेको छ, स्याङ्जाको पुतली बजारनजिकै निर्माण सम्पन्न भएको प्लान्ट उत्पादन शुरु गर्ने चरणमा छ । यस्तै पोखराको मजुवामा निमार्णाधीन अवस्थामा छ, जसको ५० प्रतिशत काम सम्पन्न भएको छ । चितवन र धरानमा पनि यस्तै प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको छ ।
यसको मुख्य उद्देश्य एलपी ग्यासलाई विस्तापित गरी बायो ग्यासलाई अगाडि ल्याउनु र त्यसबाट निस्किने कम्पोस्ट मललाई बढावा दिनु हो । बजारबा निस्कने फोहोरबाट विद्युतीय शक्ति निस्कने र वातारणमा प्रदुषणको मात्रा पनि कम हुने धितालको तर्क छ ।


कस्तो हुन्छ प्रक्रिया ?
यो वातावरणमा रहेका कुहिने बस्तुलाई कुहाएर त्यसबाट ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो । यो मेमरेन टोक्नोलोजीमा आधारित छ । कच्चा पदार्थलाई एकै ठाउँमा जम्मा गरी ठूलो डाईजस्टरमा राखिन्छ र त्यसले ग्यास तथा मल निकाल्दछ । यसरी निस्किने ग्यासलाई माथि बेलुनमा जम्मा गरिन्छ । त्यसपछि ग्यासलाई हाई कम्प्रेस गरी सिलिण्डरमा भरिन्छ ।
कच्चा पदार्थकोरूपमा गाईवस्तुको मल, बङगुरको मल, पोल्ट्री फर्मबाट निस्किएको फाहोरलाई प्रयोग गरिन्छ । साथै बजारबाट निस्किने कुहिने फोहोर पनि यसका लागि उपर्युक्त कच्चा पदार्थ हो ।
विगत २५÷३० वर्षदेखि गोबर ग्यासमा जोड दिँदै आएको वैकल्पिक ऊर्जा केन्द्रले ठूला बायो प्लान्ट निर्माणमा पनि प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको केन्द्रका इञ्जिनियर प्रकाश अर्याल बताउँछन् । ‘गोबर ग्यास जस्तै गाईभैँसीको मल र अन्य कुहिने वस्तुबाट उत्पादन हुने भएकाले यसलाई गोबर ग्यासको ठूलो रूप मान्न सकिन्छ,’ इञ्जिनियर अर्यालले भने, ‘तर धेरै कच्चा पदार्थ लाग्ने र व्यवसायिकरूपमा पनि विकास गर्न सकिने भएकाले यसलाई बायो ग्यास प्लान्ट भनिएको हो ।’


यसबाट निकस्ने ग्यास वातावरणीय हिसाबले पनि राम्रो हुने र नेपालजस्तो कृषि प्रधान मुलुकमा कृषिमा व्यवसायिकता ल्याउन सहयोग पुग्ने अर्यालको भनाइ छ ।
यसले फोहोरलाई कच्चापदार्थको रूपमा लिने भएकाले फोहोरबाट प्रदूषण नियन्त्रणमा पनि सघाउँछ । यसले नेपालमा खाना पकाउने ग्यासको मागलाई व्यवस्थापन गर्न पनि सघाउने भएकाले सरकारले प्रोत्साहित गर्दै लैजान सकेमा ग्यासमा आत्मनिर्भर हुन सकिने अर्याल बताउँछन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x