एनआईसी एशिया बैंकद्वारा ‘धनवर्षा मुद्धती खाता’ री–लन्च,  वार्षिक १२ प्रतिशत ब्याज

काठमाडौं–“बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । 
जसअनुसार १ बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको  छ । 
मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराइने बैंकले जनाएको छ , 

त्यसैगरी, यसअघि  नैबैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ सन्चालनमा ल्याइसकेको छ  । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ । 

फागुन २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस