×

NMB BANK
NIC ASIA

सिन्धुलीः बजारदेखि गाउँसम्म हात्ती आतंक

फागुन २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुली, २५ फागुन– सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् । दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । 

Muktinath Bank

रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् । बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा देखा परेका पाँचवटा हात्ती गए रातिदेखि फर्किएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमलामाई नगरपालिकाको बजार क्षेत्र, धुराबजार, चिसापानी, बोझे, राजपानी, ढकालगाउँ आसपासका जंगलमा बसेका हात्ती गएराति पुनः माइस्थानतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

दिनभर सदरमुकाम वरपर रहेका हात्ती राति फर्कने क्रममा भिमानमा एक घरमा क्षति पु¥याएको भन्ने जानकारी आएको र सो स्थलमा अहिले प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । प्रहरी टोली पुगेपछि क्षतिको विवरण आउने उहाँको भनाइ रहेको छ ।

Vianet communication
Laxmi Bank

पाँचवटाको बथानमा रहेका हात्ती अहिले फर्कने क्रममा रहेका र सर्वसाधारण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षा प्रदान गर्न टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

सिन्धुलीमा हात्ती आएदेखि अहिलेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन कार्यालयका कर्मचारीको टोलीले हात्ती प्रवेश गरेको स्थलको प्रत्यक्ष अवलोकन र नागकिलाई हात्ती आएको सूचना प्रवाह गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

आज बिहान हात्ती कमलामाई नगरपालिकामा पर्ने हात्तीसारबाट पातीपरान भन्ने ठाउँको जंगलतर्फ लागेको जानकारी आएको समेत उहाँले जानकारी दिनुभयो । पातीपरानको जंगल हँुदै हात्ती महोत्तरीतर्फ जानसक्ने अनुमान गरिएको छ ।

यसैबीच, जंगली हात्तीले कमलामाई नगरपालिका–८ मा दुईवटा घर भत्काएको छ । केही दिनदेखि जंगल क्षेत्रमा बस्दै आएका हात्तीको समूहले कमलामाई नगरपालिका–८ निवासी अशोक माझी र दिलकुमार मगरको घर भत्काएको प्रहरीले बताएको छ । हात्तीले माझी र मगरको घरमा रहेको अन्नपात खानुका साथै नष्ट पारेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले बताएको छ । 

दिउँसो जंगलमा बसेका हात्ती साँझको समयमा गाउँ पस्ने गर्दछन् । विगत केही वर्षदेखि कमलाखोँच क्षेत्रमा जंगली हात्ती बेलाबेलामा निस्कने र बस्तीमा पसी स्थानीयलाई त्रसित पार्ने गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाका तीनतले, पातीपरान, रानीवास क्षेत्रमा हरेक वर्ष हात्ती आउने गर्दछन् । 

हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो नदेखाएको सर्वसाधारण नागरिकले बताउने गरेका छन् । अघिल्ला वर्षमा हात्तीले जनधनको क्षति गरेपनि यस वर्ष अघिल्ला वर्षको तुलनामा कम क्षति गरेको बताइएको छ ।

अघिल्लो वर्ष रानीवास क्षेत्रमा घर, गोठ भत्काउनुका साथै बारीमा लगाएको कोदो, खेतमा लगाएको धानबालीमा क्षति पु¥याएका थिए । गत वर्ष पनि सिन्धुलीको रानीवास क्षेत्रमा आएका चारवटा हात्तीले ठूलो परिमाणमा धन तथा अन्नपातको क्षति गरेको थियो ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x