×

NMB BANK
NIC ASIA

एकदिवसीय मान्यता पाउने दुई टोली लगभग पक्का, बाँकी १ मा यस्तो छ नेपालको सम्भावना

फागुन २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ फागुन- आफ्नो मात्र होइन, टेस्ट मान्यताप्राप्त अफगानिस्तान र एकदिवसीय मान्यता पाइसकेको नेदरल्याण्ड्सको खराब प्रदर्शनले नेपाललाई एकदिवसीय मान्यता पाउन निकै कठिन हुने देखिएको छ ।

Muktinath Bank

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी नेपालले आफ्नो प्रमुख लक्ष्य भेट्ने हो भने अब न्यूनतम २ खेल जित्नै पर्ने अवस्था आएको छ । कि त समूह चरणमा बाँकी दुवै खेल, नभए सातौं प्लेसका लागि हुने प्लेअफका दुवै खेल जित्नुपर्ने हुन्छ । अन्यथा नेपाली क्रिकेटले आगामी चारवर्ष एकदिवसीय टोलीका रूपमा रहने स्वर्णिम मौका गुमाउने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा सहभागी १० मध्ये ५ वटा (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्ड्स) टोलीसँग यो मान्यता छ । त्यसमा ४ वटा (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान र आयरल्याण्ड) त टेस्ट टीम नै हुन् । बाँकी ५ एसोसिएट टीम (नेपाल, स्कटल्याण्ड, युएई, हङकङ र पपुवान्युगिनी)मध्ये शीर्ष ३ ले ४ वर्षका लागि एकदिवसीय मान्यता पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

स्कटल्याण्ड पक्का

Vianet communication
Laxmi Bank

नेपाल रहेकै समूह 'बी'मा रहेको स्कटल्याण्डले लगातार ३ खेल जित्दै शीर्ष ६ मा स्थान पक्का गरिसकेको छ । हालसम्मको नतिजा हेर्दा उसको एकदिवसीय मान्यता करीब पक्का भएको छ । नेदरल्याण्ड्सबाहेकका कम्तिमा ४ वटा एसोसिएट टीम शीर्ष ६ मा पुगेमा मात्र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउन कुर्नुपर्ने हुन्छ, त्यो सम्भावना अहिले देखिएको छैन । त्यसैले एकदिवसीय मान्यता पाउने ३ मध्ये स्कटल्याण्ड एक टोली पक्का हो ।

युएईको सम्भावना प्रबल

बिहीबार भएको खेलमा नेदरल्याण्ड्सलाई युएईले पराजित गर्नु स्कटल्याण्डबाहेकका बाँकी एसोसिएट टोलीका लागि टाउको दुखाइको विषय बनेको छ । युएईले आफ्ना ३ मध्ये २ खेल जितेको छ । जसले उसलाई अंकतालिकाको तेस्रो स्थानमा कायम राखेको छ ।

समूहका ५ मध्ये पपुवान्युगिनी शीर्ष ६ मा नपर्ने पक्का भइसक्दा हालसम्मका दुवै खेल हारेको नेदरल्याण्ड्सलाई पनि सुपरसिक्समा पुग्न निकै कठिन देखिएको छ । नेदरल्याण्ड्सले अब वेस्टइण्डिज र पपुवान्युगिनीसँग खेल्न बाँकी छ । नेटरनरेट निकै नकारात्मक रहेको अवस्थामा नेदरल्याण्ड्सले बाँकी दुवै खेल जितेर मात्र पुग्नेछैन, रन रेटमा पनि निकै सुधार गर्नुपर्नेछ ।

यदि त्यसो हुन नसकेमा युएई बाँकी खेल हार्दा पनि शीर्ष ६ मा पुग्नेछ । यसरी हेर्दा एकदिवसीय मान्यता पाउने दोस्रो टोली युएई हुने सम्भावना निकै प्रबल छ ।

बाँकी १ स्थानका लागि ३ टोलीको भिडन्त !

एकदिवसीय मान्यता पाउने २ टोलीको चित्र लगभग प्रष्ट भइसक्दा अब नेपाल, हङकङ र पिएनजीमध्ये १ टिमले मात्र त्यो सुनौलो मौका पाउने देखिन्छ । दौडमा बिहीबार अफगानिस्तानलाई हराएको हङकङ सबैभन्दा अघि छ ।

नेपाल २ र पिएनजी ३ खेल हारेर अंकविहीन छन् । यस्तो अवस्थामा हङकङले नेपाललाई हराए पुग्छ । तर नेपालले बाँकी २ खेलमा अफगानिस्तान र हङकङ दुवैलाई हराउनुपर्ने हुन्छ । अझ हङकङले जिम्बाब्वेलाई हराउन सके नेपालले बाँकी दुई खेल जितेर पनि रनरेटको भर पर्नुपर्ने अवस्था आउनसक्छ ।

नेपालसामु दुई मात्र बाटो

पहिलो : समूहका दुवै खेल जित्ने

समूहका बाँकी दुवै खेल (अफगानिस्तान र हङकङसँग) जित्दा नेपालले एकदिवसीय मान्यता मात्र होइन सुपरसिक्समा पुग्ने अवसर पनि पाउनसक्छ । तर हङकङले जिम्बाब्वेलाई हराउन सके दुई खेल जितेर पनि नेट रनरेटमा अघि रहनुपर्ने हुन्छ । नेपालको नेट रनरेट -१.६ र हङकङको -०.८ मा छ । हङकङले जिम्बाब्वेलाई जितेको खण्डमा नेपाललाई दुवै खेलमा प्रभावशाली जित आवश्यक पर्नसक्छ ।

दोस्रो :सातौं हुने

स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह 'ए'मा चौंथो हुने टोलीले समूह 'बी'को पाँचौं र समूह 'बी'मा चौंथो हुनेले र समूह 'ए'को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्,भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् । यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । स्मरण रहोस्, त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, एक टिम असफल हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x