×

NMB BANK
NIC ASIA

तीन लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

फागुन २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ फागुन- भूकम्पले क्षति पुर्‍याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । 

Muktinath Bank

प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार तीन लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माणकार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिनसक्ने कार्यविधि छ । लाभग्राहीले निवेदन दिएपछि प्राधिकरणले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् । 


Advertisment
Nabil box
Kumari

दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये दुई लाख ८८ हजार २३ जना लाभग्राहीको प्रमाणीकरण पनि भइसकेको छ । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

'दोस्रो किस्ता लिने समयसीमा तोकिनु, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनःनिर्माण उत्साहजनक देखिएको हो,' उनले भने ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । भूकम्प अतिप्रभावितका साथै कम प्रभावित जिल्लामा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको छ ।

कम प्रभावित लमजुङका ६५२, चितवनका ५०२ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइकाअनुसार बिहीबारसम्म तीन लाख ३८ हजार २९ घर पुनःनिर्माण भइरहेका छन् । एक लाख एक हजार ६९४ घर पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । 

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा सूचिकृत भएका पीडितलाई पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लखा ५० हजार र तेस्रो किस्तामा एक लाख दिने कार्यविधिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x