×

NMB BANK
NIC ASIA

विश्व राजनीतिमा नयाँ परिवर्तन, मध्यमार्गी पार्टीहरूको धमाधम पराजय

फागुन २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ फागुन — इतिहासमा कुनै पनि कुरा सुनिश्चित हुँदैन । तर विगत २५ वर्षदेखि संसारका धेरै भागमा प्रभाव जमाएको राजनीतिक मध्यमार्गी नवउदारवादी व्यवस्थाको सूर्यास्त भएको देखिँदैछ ।

Muktinath Bank

सन् २०१७ को मध्यसम्म पनि विश्लेषकहरूले मध्यमार्गी संस्थापनलाई पपुलिस्ट (लोकरञ्जनवादी) हरूले दिने चुनौती उल्टिने बताएका थिए । बेलायतमा ब्रेक्जिट अनि अमेरिकामा ट्रम्पको विजयले लोकरञ्जनवादी लहर ल्याएको भएपनि फ्रान्समा मरिन ले पेन अनि नेदरल्यान्ड्समा गीर्ट विल्डर्सको नेतृत्वमा रहेका लोकरञ्जनवादी दलहरूको पराजय अनि जर्मनीमा अंगेला मर्कलको पक्षमा निर्वाचनपूर्व रहेको उत्साहजनक लहरले अब मतदाताहरू लोकरञ्जनवादीहरूको भ्रमबाट मुक्त भएको अनुमान गरिएको थियो । हो, मतदाताहरू क्रुद्ध थिए तर उनीहरूले विचार नपु–याइकन चालिएका कदमले ल्याउने दुष्परिणामका बारेमा बुझे र उनीहरूको होश फि–यो भनी विश्लेषण गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यो गलत विश्लेषण रहेछ भन्ने कुरा इटालीको निर्वाचन परिणामले देखायो । त्यहाँ भएको आमनिर्वाचनको आइतवार घोषित मतपरिणामले सत्तारूढ मध्यमार्गी वामपन्थी डेमोक्रेटिक पार्टी सुदूर दोस्रो स्थानमा खुम्चिन बाध्य भयो (उसले जम्मा १९ प्रतिशत मत ल्यायो) । हालसालै मात्र अस्तित्वमा आएको वामपक्षीय लोकरञ्जनवादी फाइभ स्टार मुभमेन्ट सबभन्दा ठूलो दल बन्दै ३२ प्रतिशत मत ल्याउन सफल भयो ।


Advertisment
Nabil box
Kumari

संस्थापन मध्यमार्गीभन्दा अलिकति मात्र पछि उग्रदक्षिणपन्थी दल द लीगले १८ प्रतिशत मत ल्यायो । अनि प्राचीन लोकरञ्जनवादी सिल्भियो बर्लुस्कोनीको मध्यमार्गी दक्षिणपन्थी फोर्जा इटालियाले लगभग १४ प्रतिशत मत ल्यायो । यस्ता प्रतिस्पर्धी लोकरञ्जनवादी समूह मिलेर सरकार बनाउन एकदम गाह्रो छ किनकि यी दलहरूसँग रोम तथा ब्रसेल्सको सत्तारूढ राजनीतिक संस्थापनप्रतिको घृणाबाहेक केही कुरा मिल्दैन । 

Vianet communication
Laxmi Bank

जर्मनीमा पनि अर्को निर्वाचनमा यस्तै स्थिति आउन सक्छ । महीनौंसम्मको समझदारीपछि मध्यमार्गी वामपन्थी सोसल डेमोक्रेटिक पार्टीका सदस्यले मर्कलको मध्यमार्गी दक्षिणपन्थी क्रिस्चियन डेमोक्रेटहरूसँग मिलेर सरकार बनाउने विषयमा मतदान गरे । यही गठबन्धनले सेप्टेम्बरअघि भएको निर्वाचनअघि देशमा शासन चलाएको थियो । तर अहिले दुवै मध्यमार्गी दल पहिलेभन्दा निकै कमजोर भएका छन् अनि हालसालै गठन गरिएको अल्टर्नेटिभ फर जर्मनी (एएफडी) देशको सबभन्दा ठूलो विपक्षी दल भएको छ । 

मध्यमार्गी संस्थापन पक्षका दलहरूले एएफडीसँग मिलेर सरकार बनाउन अस्वीकार गरे । तर अर्को निर्वाचनमा उनीहरूको भोट शेयर कम भयो र÷वा एएफडीले प्रगति ग–यो भने उससँग साझेदारी नगरी अन्य दलले सुखै पाउँदैनन् । उसलाई बहिष्कार गर्दा उसबाहेकका दल मिलेर कमजोर र विचारधारात्मक रूपमा अड्मिल्दा सरकार बनाउनुपर्ने हुन्छ । 

जर्मनी र इटालीको परिस्थितिले प्रणालीविरुद्ध रहेका दलहरूको उदय हुँदा विचारधारात्मक रूपमा अड्मिल्दोपन तथा व्यावहारिक रूपमा काम गर्न असम्भव स्थिति देखिएपनि हंगेरी, पोल्यान्ड, अस्ट्रिया र चेक रिपब्लिकमा लोकरञ्जनवादीहरूले दक्षिणपन्थमा अग्रसर हुँदाहुँदै पनि राजनीतिक अस्थिरता ल्याएका छैनन् । यूरोपेली संघका सदस्य मुलुकहरू दक्षिणपन्थी राष्ट्रवादी राजनीतितर्फ अघि बढ्दै जाँदा संघले शासन गर्ने वा एकजुट हुने कुरा नै शंकाको घेरामा छ । 

लोकरञ्जनवादी विद्रोह यूरोपमा सीमित छैन । मेक्सिको, ब्राजिल र इन्डोनेसियामा अब हुने निर्वाचनमा संस्थापनविरोधी दल तथा राजनीतिकर्मीहरू सत्तामा आउन सक्छन् । बेलायतमा पनि उग्रवामपन्थी जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टीले अर्को आमनिर्वाचनमा बहुमत ल्याउन सक्छ । 

अनि अमेरिकामा डोनल्ड ट्रम्पको लोकरञ्जनवाद छ । ट्रम्पको शासनकालमा रिपब्लिकन पार्टीलाई दक्षिणपन्थी लोकरञ्जनवादी बनाउने काम धमाधम भइरहेको छ । अनि यसैको प्रतिक्रियास्वरूप डेमोक्रेटहरू झन् झन् वामपन्थतर्फ ढल्किँदैछन् । तर यी दलहरूमा यस्तो परिवर्तन संघर्षविना आएको छैन ।

बहुदलीय व्यवस्थामा मध्यमार्गभन्दा टाढा रहेका दलहरू बलियो हुँदै जाँदा स्थिर र सुसंगत सरकार बनाउन गाह्रो परेजस्तै दुईदलीय व्यवस्थामा पार्टीभित्रका सदस्यहरू विचारधारात्मक रूपमा एकअर्काबाट टाढिँदा अप्ठ्यारो पर्न सक्छ । तर उही दलभित्रका सदस्यबीचको भिन्नता दुई विपरीत दलबीचको भिन्नताजति गहिरो हुँदैन । 

ध्रुवीकृत, लोकरञ्जनवादी युगमा राजनीति अस्थिर हुन सक्ला तर अल्छीलाग्दो भने हुँदैन ।

डेमन लिंकर (द वीक)

भावानुवाद : विन्देश दहाल
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x