रजनीकान्तसँग फिल्म खेलेको यो कुकुर, जसका लागि करौडौं तिर्न तयार छन् मानिसहरु

फागुन २५, २०७४

फिल्मी जगतका सेलीब्रेटीका लागि उनका प्रशंसकहरुको प्रेम त तपाईं हामीले देखेकै छौं । तर केही सेलीब्रेटी यस्ता पनि हुन्छन् जसले छोएको चीज पनि उनीहरुका फ्यानका लागि निकै महत्वपूर्ण हुन्छ । 

यस्ता सेलीब्रेटीमध्ये एक हुन् दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्त । रजनीकान्तको अपकमिङ्ग फिल्म ‘काला’ को पोस्टरमा उनीसँग एक कुकुर देखिएको थियो । सुन्दा अचम्म लाग्दा कि रजनीकान्तसँग पोस्टरमा देखिएको उक्त कुकुर किन्न रजनीकान्तका फ्यानहरु २ करोड भारतीय रुपैयाँ तिर्न तयार भएका छन् । 


ADVERTISEMENT

भारतीय अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार उक्त कुकुरको नाम मणि हो । कुकुरहरुलाई तालिम दिने एक प्रोफेसन डग ट्रेनर समेत रहेका उक्त कुकुरका मालिक सिमोनका अनुसार उक्त कुकुर किन्न भारत मात्रै नभएर मलेसियादेखि प्रस्ताव आएका छन् । 

केही व्यक्तिले उक्त कुकुरका लागि आफू १ देखि २ करोड भारतीय रुपैयाँ तिर्न तयार रहेको पनि बताएका छन् । 

उक्त कुकुर किन्नका लागि मानिसहरुमा होडबाजी चल्नुको कारण हो, उसले रजनीकान्तसँग काम गरेको हो । तर कुकुरका मालिक सिमोनले कुकुर नबेच्ने बताएका छन् । 

‘हामी उसलाई आफ्नो परिवारको सदस्य जस्तै मान्छौं,’ सिमोन भन्छन्, ‘कोही मान्छे आफ्नो परिवारको सदस्यलाई कसरी बेच्न सक्छ ?’

यतिमात्र हैन, उक्त कुकुर (मणि)लाई अभिनेता रजनीकान्त पनि असाध्यै मन पराउँदा रहेछन् । ‘रजनी सर उसलाई दैनिक एक प्याकेट बिस्कूट खुवाउनुहुन्थ्यो,’ सिमोन भन्छन्, ‘फिल्म सूटिङका लागि तालिम दिने क्रममा मणि र रजनी सरबीच राम्रो सम्बन्ध रह्यो ।’

रजनीकान्तको ‘काली’ तमिल भाषाको फिल्म हो । जसमा बलिउड अभिनेत्री हुमा कुरेशी पनि देखिनेछिन् । यो फिल्म यही वर्षको २७ अप्रिलमा रिलिज हुने छ ।
 

फागुन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस