एउटा बोकाको मूल्य ३ लाख ५० हजार !

तस्बिर : रामहरि न्यौपाने, रासस
फागुन २५, २०७४

काठमाडौं, २५ फागुन– तपाईं हामीले गाउँघरमा देखेका बोकाको मूल्य बढीमा कति होला ? धेरैमा ५० देखि ६० हजारसम्म । तर यहाँ तस्बिरमा देखिएको बोकाको मूल्य ३ लाख ५० हजार रुपैयाँ हो । 

उक्त बोकाको अवलोकन गर्न पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतसमेत पुगेका छन् । 


बोयर जातको यो बोकालाई नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएको छ । 

उक्त बोका बेलकोटका किसान अमृत तिवारीले २ वर्षअघि ३ लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन्।

फागुन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार