असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
काठमाडौं, २६ फागुन-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कला, साहित्यले भरिपूर्ण छ । दैलेख, कालिकोट, जुम्लादेखि आएका नागरिकहरू देउडाप्रेमी छन् भने, सल्यानतिरबाट आएकाहरू सल्यानी टप्पा ।
थरिथरिको भेषभुषा, आफ्नै मौलिक पहिचान रहेको कर्णाली प्रदेश कला र साहित्यमा समृद्ध छ । मौलिक नृत्य, पहिचान र थुप्रै अवसर रहेको यो प्रदेशमा प्रदेशकै चर्चित कलाकार हुन् कुलमान नेपाली । उनी वि.सं. २०२२ सालमा आमा जुनकिरी नेपाली र बुबा गगनबाबु नेपालीको कोखबाट पश्चिम सुर्खेतको लगाममा जन्मिएका हुन् ।
सानैदेखि नृत्य गर्न र गीत गाउनमा रुचि राख्ने कुलमानले शुरुमा गायनमा नै आफ्नो पहिचान बनाए ।
आफूलाई लोकगीत संकलन र नृत्य निर्देशनमा खरो रूपमा उतारे । स्टेज कार्यक्रममा प्रस्तुत हुने नृत्यदेखि बन्धकी, बाटुली र गोरखा पल्टनजस्ता चर्चित चलचित्रमा समेत उनले नृत्य निर्देशन गरी आफूलाई अब्बल साबित गरेका छन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा पनि उनले निर्देशन गरेको नृत्य हेर्न पाइन्छ ।
वि.सं. २०३१ सालबाट आफ्नो कलाकारिता क्षेत्रलाई शुरु गरेका उनले नृत्यको क्षेत्रमा सफलता पनि हात पारेका छन् । आफूले नृत्यमा प्रशिक्षण दिएका दिपाश्री निरौला र शंकर बीसीलगायत कलाकारहरूले अहिले राष्ट्रियस्तरमा ख्याती पाउन सफल भएको उनी बताउँछन् ।
पछिल्लो समय निरुता शाहीसहित थुप्रै कलाकारहरू राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्ने यात्रामा छन् । नृत्य निर्देशक र लोकगीत संकलनको रूपमा उनको पहिचान स्थापित छ । उनले राष्ट्रियस्तरका प्रतियोगितामा पटक–पटक प्रथम स्थान हासिल गरेका छन् । एक दर्जनभन्दा बढीपटक राष्ट्रियस्तरका नृत्य प्रतियोगितामा आफूले निर्देशन गरेको नृत्य प्रथम भएको उनले बताए ।
केही रङ्गमञ्चीय कार्यक्रमहरूमा सफलता प्राप्त गर्दागर्दै उनले ऐतिहासिक चलचित्रहरूमा समेत काम गर्ने अवसर पाए । जसले गर्दा उनको सफलताको सूचीमा केही इँटा थप्ने काम भयो ।
‘मलाई खुशी के लाग्छ भने सुर्खेती माटोमा जन्मिएर कलाको क्षेत्रमा, लोकनृत्यको क्षेत्रमा विशेष गरेर टिपिकल मगर झ्याउरेको क्षेत्रमा सुर्खेतलाई विशेषरूपमा चिनाउन सफल भएको छु,’ उनले भने, ‘आज हाम्रो झ्याउरे, टप्पा, सिँगारुलगायतका थुप्रै नृत्यहरू विश्वका धेरै मुलुकहरूमा प्रस्तुत भइरहेका छन् । मैले सिकाएका र मबाट प्रभावित भएका थुप्रै कलाकारहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छाएका छन्, यो मेरो गर्वको कुरा हो ।’
११ वर्षको उमेरदेखि नै कलाकारितामा लागेका उनी कलाकारितालाई आफ्नो जीवन मान्छन् । कलाकारिताप्रति उनको लगाव अहिले पनि उत्तिकै छ ।
‘यस क्षेत्रमा लाग्दा सबैसँग थोरै समयमा पहिचान, भ्रमण, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा–परिचर्चा र जिन्दगी नै रमाइलोसँग बित्ने र नेपाली कलासंस्कृतिको विकासका लागि निरन्तर लागिरहनुपर्छ भन्ने भावनाले मेरो अहिले पनि कलामा नै लगाव छ,’ नेपालीले भने, ‘आउने दिनहरूमा लगाव रहिरहने छ, जबसम्म बाँचिन्छ तबसम्म संस्कृतिप्रति माया रहिरहनेछ ।’
कला क्षेत्रमा पछिल्लो समय विकृति भित्रिएकोमा उनी चिन्तित छन् । ‘पछिल्लो समय कलाकारितामा विकृति भित्रिएकोमा मलाई चिन्ता लागेको छ, यसलाई रोक्न समयमै सचेत हुनुपर्छ,’ उनले भने ।
पाश्चात्य संगीत नराम्रो नभएको भन्दै उनले यसको कदर गर्दै यसबाट आउने विकृति सुधारतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...