×

NMB BANK
NIC ASIA

रक्सीले यसकारण लठ्ठ पार्छ

फागुन २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

डा. केदार सेन्चुरी, वीर अस्पताल

Muktinath Bank

मदिरालाई वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छ । कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । यद्यपि, यसको खपत विश्वभरि नै हुने गरेको छ । विशेषगरी नशाका रूपमा यसको सेवन गरिन्छ । किन लठ्याउँछ त मदिराले ? केदार सेन्चुरीले नयाँ पत्रिकालाई बताएका छन् :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मदिरामा अल्कोहलको मात्रा हुन्छ । यस्तो मात्रा मदिराको ब्रान्डअनुसार फरक–फरक हुन्छ । यही अल्कोहलले नै हो मानिसलाई एक्साइटमेन्ट, उग्र, आलस्य बनाउने ।


Advertisment
Nabil box
Kumari

खासमा मदिरामा मिथाइल अल्कोहल हुन्छ । मदिरामा हुने भनेकै यति एउटा तत्व हो । आमाशयमा पुगेपछि यस्तो अल्कोहल तत्कालै रगतमा मिसिन पुग्छ र नसालाई असर पार्छ । यसैका माध्यमबाट दिमागसम्म पुग्छ । खासगरी दिमागको पछिल्लो पाटोमा यसको असर पुग्छ । र, मानिसलाई लठ्याउने गर्छ ।

Vianet communication
Laxmi Bank

मदिराले केही हदसम्म तनाव कम गर्ने काम गर्छ । केही समयअघि तनाव भएको मानिसलाई अल्कोहल खुवाउने प्रचलन पनि थियो । तर, अहिले त विभिन्न औषधिको आविष्कार भइसकेको छ । त्यसैले अल्कोहलको सेवन गर्नु पर्दैन ।

मदिरा सेवनपछि मानिस खुसी हुने, स्मरणशक्ति कमजोर हुने र उत्साहित हुने गर्छन् । त्यस्तै, यसको मात्रा मस्तिष्कमा पुगेपछि शरीरको ब्यालेन्स नै बिग्रन थाल्छ । यसले निद्रा लाग्ने पनि हुन्छ । तर, बढी प्रयोगले बिस्तारै कलेजो फुल्न जान्छ र ड्यामेज नै हुन्छ ।

मदिराले मानसिक समस्या
मदिराले विशेषगरी पेट र मस्तिष्कको समस्या निम्त्याउँछ । रक्सीले ग्यास्ट्रिकसँगै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी आउने, कालो दिसा आउने, बान्ता हुनेजस्ता समस्या देखिन्छ ।
मदिराले मस्तिष्कमा पनि उस्तै समस्या सिर्जना गर्छ । मदिराका कारण छारेरोग, बेहोस, निद्रा नपर्ने, डर लाग्ने, हात काम्ने, तलतल लाग्नेजस्ता समस्या हुन्छ । यसले स्मरणशक्ति कमजोर हुनुका साथै आत्मविश्वासमा पनि कमी ल्याउँछ ।

त्यस्तै, मदिराले उच्च रक्तचाप, हातखुट्टा झमझमाउने, डिप्रेसन, एग्रेसन, नसासम्बन्धी समस्या
उत्पन्न गर्छ ।

रक्सी सेवन गरिरहने बानीले एक दिन मात्र पनि नपिउँदा निकै छटपटी हुन्छ । मदिरा नपिएको रात निद्रा नै नपर्नेसम्म हुन्छ । नियमित मदिरा सेवनले डर लाग्ने, ढुकढुकी बढ्ने, रिस उठिरहने, दिक्क लाग्नेजस्ता समस्या पनि हुन्छ । त्यसैले मदिराको एडिक्सन भएमा तत्काल चिकित्सकलाई भेटी छुटाउने प्रयास गर्नुपर्छ ।

अत्यधिक मदिरा सेवन गर्दा हस्पिटलमै भर्ना गर्नुपर्ने हुन सक्छ । यस्तो लत तत्काल छुटाउन गाह्रो हुने भएकाले चक्कीका माध्यमबाट यसलाई बिस्तारै छुटाउन सकिन्छ ।

मदिराले एन्जाइटी, पागलपनजस्ता मानसिक समस्या पनि निम्त्याउन सक्छ ।

नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x