×

NMB BANK
NIC ASIA

पहिले तिरेको कर 'डिसमिस' भनेर दोहोरो कर लिँदै कागेश्वरी नगरपालिका, सेवाग्राही मारमा

फागुन २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ फागुन- नगरपालिकाको नगरसभाले पास गरेभन्दा फरक ढंगबाट नगरपालिकाले कर संकलन गरिरहेको पाइएको छ ।

Muktinath Bank

राजधानीको कागेश्वरी मनोहरा नगरपालिकाले प्रथम नगरसभाले पारित गरेको वार्षिक नीति, बजेट तथा कार्यक्रमभन्दा फरक ढंगमा सर्वसाधारणमाथि कर संकलन गरिरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनप्रतिनिधि निर्वाचित भएपछि कामकारबाहीमा सहजता पाइने अनुमान गरेका नगरवासी जनप्रतिनिधि आएपछि थपिएको कर, विभिन्न खाले व्यवस्थाका कारण समस्यामा परेका हुन् ।


Advertisment
Nabil box
Kumari

जनप्रतिनिधि निर्वाचित भएपछि असार २८ देखि ३० सम्म बसेको पहिलो नगरसभाबाट पास भएको नीति, बजेट तथा कार्यक्रमको जनप्रतिनिधिले नै धज्जी उडाएपछि सेवाग्राही मर्कामा परेका छन् ।

Vianet communication
Laxmi Bank

नीति तथा बजेटमा सेवामा सहज पहुँच, जनतालक्षित कार्यक्रम भनिएको भए पनि नगरपालिकाको व्यवहारमा भने त्यस्तो नपाइएको सर्वसाधारणले गुनासो पोखेका छन् ।

निर्णय एकथरी, शुल्क मनपरी

२०७२ सालअगाडि निर्माण भएका घरहरू र हालसम्म पनि निर्माण सम्पन्न नलिएका तथा अभिलेखिकरण सम्पन्नका लागि पुसदेखि मंसिर २६ गतेसम्मको समयसीमा राखेर घर सम्पन्न भएको कागज लिनका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो ।

नगरसभाको बस्ती विकास तथा भवन निर्माणसम्बन्धी व्यवस्थाको पहिलो बुँदामा नगरपालिका घोषणा हुनुभन्दा अगाडि खरिद बिक्री भई आएको जग्गाको न्यूनतम क्षेत्रफलभन्दा कम भए पनि घरनक्सा पास हुनसक्ने देखिएको अवस्थामा न्यूनतम मापदण्ड तोकी घरनक्सा स्वीकृत दिने निर्णय गरिएको छ ।

त्यस्तै प्रथम नगरसभाबाट बस्ती विकास तथा भवन निर्माणअन्तर्गत ७ नम्बर बुँदामा साविकको गाविसहरूबाट नियमअनुसार मापदण्डभित्र नक्सा पास भएको घरहरूको निर्माण समपन्न लिन आउँदा नियमानुसार जम्मा लाग्ने दस्तुरमा साविकमा गाविसमा बुझाएको दस्तुरको रकम कट्टा गरी नियमानुसार बाँकी रकम मात्र दस्तुर लिने निर्णय गरेको छ ।

तर नगरपालिकाकाले भने यसअघि तत्कालीन गाविसहरूमा तिरिएको रकम ‘डिसमिस’ भएको भन्दै सेवाग्राहीसँग चर्को रकम असुल गरिरहेका छ । जुन नगरपालिकाले बनाएको कानूनविपरीत छ ।

यसअघि गाविसहरूमा तिरेको रकम यहाँ काम नलाग्ने भन्दै नगरपालिकाका प्राविधिक तथा कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिइरहेका छन् ।

‘हामीले घर निर्माणका लागि पहिला गाविससँग स्विकृत लिएर घरनिर्माणवापत लाग्ने दस्तुर, नक्सा पास शुल्क तिरेका थियौं,’ निर्माण सम्पन्न लिनका लागि नगरपालिका कार्यलय पुगेका एक सेवाग्राहीले भने, ‘पहिला तिरिसकेको राजश्व हामीले फेरि किन तिर्ने ।’

उनले नक्साभन्दा बढी निर्माण भएको संरचनाको जरिवानासहितको रकम तिर्न आफूहरु तयार रहे पनि नगरपालिकाले यसअघि गाविस हुँदा तिरिसकेको जगदेखिको रकम फेरि चर्को मूल्यका साथ उठाएर जनतामाथि ठगी गरिरहेको आरोप लगाए ।

नगरपालिकाका प्रशासकीय अधिकृतलाई यसबारेमा प्रश्न गर्दा नगरपालिकाले बनाएको नियमअनुसार जगदेखिनै राजश्व तिर्नुको विकल्प नभएको बताउँछन् ।

नियमअनुसार मापदण्डभित्र नबनाएका कारण जगदेखिकै रकम तिर्नुपर्ने उनी बताउँछन् । तर नगरसभाबाट पारित भएको नियमले भने थप भएको संरचनाको मात्र रक लिन निर्देशन दिएको छ । 

यसो भन्छन् मेयर-

तर कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापा भने आफूहरुले दोहोरो कर नलिएको दाबी गर्छन् ।

तत्कालीन गाविसबाट स्विकृत लिए अनुसार बनाइएका घरहरुलाई सम्पन्नताको प्रमाण लिन समस्या नभएको उनले दाबी गरे । तर नक्साभन्दा थप भएको घरको हकमा भने अभिलेखिकरणमा राख्न सकिने  त्यसबापत जरिवाना तिर्नु नपर्ने मेयर थापाले बताए । 

तर गाविसमा पास भएको नक्साभन्दा परिवर्तित घर, थप गरिएको संरचनाको हकमा भने नयाँ नक्सा पास गर्दाकै प्रक्रिया हुने थापाले बताए । तर नगरपरिषद्ले पास गरेको नीति निर्देशिकाले भने गाविसमा बुझाएको दस्तुर रकम कट्टा गरी नियमानुसार बाँकी रकम मात्र दस्तुर लिने व्यवस्था गरिने उल्लेख छ ।

उनी स्थानीय सरकार सञ्चालन ऐन कार्यन्वयनमा आएपछि जरिवाना रकम अझ बढ्ने बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x