गोडा काटिएका व्यक्तिलाई उनकै गोडाको सिरानी लगाइयो, चिकित्सक बर्खास्त

फागुन २७, २०७४

काठमाडौं, २७ फागुन — भारतको उत्तर प्रदेशको झाँसी मेडिकल कलेजमा सडक दुर्घटनामा परेका एक युवकको गोडा काट्नुपरेको छ । अपरेसनपछि युवकको काटिएको गोडालाई उनको तकियाका रूपमा राखिँदा त्यहाँ उपस्थित व्यक्तिहरूले हंगामा मच्चाएका थिए । 

शनिवार इटायलबाट मऊरानीपुर गइरहेको स्कूल बस पल्टिएको थियो । दुर्घटनापछि दुई घाइते विद्यार्थी र बसका खलासीलाई नजिकैको अस्पताल लगियो । तर खलासी घनश्यामको हालत झनै बिग्रेर गएपछि उनलाई महारानी
लक्ष्मीबाई मेडिकल कलेज झाँसी पठाइयो । 

चिकित्सकले उनको गोडा अपरेसन गरेर काटिदिए अनि त्यही गोडालाई उनको तकिया बनाएर शिरमुनि राखिदिए । यो लापरवाहीको घटना सामाजिक सञ्जालमा भाइरल भयो । मानिसहरूले यस विषयको जानकारी मेडिकल
कलेजका सीएमएसलाई दिएपछि उनले त्यो गोडा हटाएर तकिया लगाइदिए । 

घटना सार्वजनिक भएपछि चिकित्सा शिक्षामन्त्री आशुतोष टन्डनले दुई वरिष्ठ चिकित्सक र दुई नर्सलाई निलम्बित गरिदिएका छन् । 

यस विषयमा एक अनुसन्धान समिति पनि गठन गरिएको छ । 

एजेन्सी
 


फागुन २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस