×

NMB BANK
NIC ASIA

भेजफेस्टमा ‘शाकाहारी मासु !’

फागुन २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको नेपाल पुलिस क्लबमा आयोजित एशिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा फेजफेस्टमा अवलोकनकर्ताहरूले “शाकाहारी मासु“मात्रै होइन, भटमासको दूधदहीसमेत चाख्न पाए । 

Muktinath Bank

भेज स्टलमा बसेर सागपात र गेडागुडीबाट बनेको, हेर्दा र खाँदा मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै गरेका मणि भण्डारीले भने, “एकदमै उस्तै, ठ्याक्कै खसीको मासु बिर्साउने ।’ सोही परिकार चाखिरहेकी उनकी शाकाहारी पत्नी मधु शर्माले भनिन्, ‘मलाईचाहिँ मासु नामै असहज लाग्ने भएकोले एक दुई टुक्रा खाएपछि खान मन लागेन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्भवत : नेपालमै पहिलो पल्ट भारतबाट भित्राइएको यस्तो ‘मासु’ पशुलाई माया गर्ने तर मासु छाड्न नसक्नेका लागि राम्रो विकल्प हुनसक्ने शाकाहारी अभियन्ता शोभा शाक्यले बताइन् ।


Advertisment
Nabil box
Kumari

सो नक्कली मासु राजधानीस्थित टिफिन ब्रेक क्याफे, खिचापोखरीले नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।

Vianet communication
Laxmi Bank

रेस्टुरेन्टका कुक प्रेम श्रेष्ठले आफ्नो रेस्टुरेन्टमा सो नक्कली मासु छोइला र ‘चिल्लि’का रुपमा प्रयोग गरिने बताए !

भेजफेस्टको अर्काे स्टलमा भटमासबाट बनेको दूध निर्मित चिया र भटमासकै दहीसमेत उपलब्ध थियो । सो स्टलका संचालक तथा बौद्धस्थित लभिङ हार्ट रेस्टुरेन्टका मालिक शक्ति योन्जनले भने, ‘हर्माेन खुवाइएका गाईवस्तुका दूध र मासुको विकल्प अब बनस्पति दूध तथा बनस्पति मासु हो ।

यो पुर्ण सुरक्षित, पोसिलो र स्वस्थ्य छ ।’ उनले आफ्नो ‘भिगन रेस्टुरेन्ट’मा पूर्ण रूपमा अल्कोहलरहित मदिरासमेत बेच्ने गरेको बताए । यता, ‘सद्गुरु’ नामक स्टलमा ‘फिस बार्बिक्यु , भेज फिसफ्राइ’ उपलब्ध थिए । नाम ‘माछामासु’ भएपनि यहाँका सबै परिकार पूर्ण शाकाहारी हुन् ।

“मासु छाड्न चाहनेहरूले आफूले खाइरहेको स्वादको विकल्प खोजेका छन्, जति धेरै विकल्प भए,उति धेरै मांशाहारी शाकाहारी बन्नेछन्,’ सहभागी विरवल तामाङले भने । शनिवारदेखि आइतबारसम्म चलेको उक्त महोत्सव नेपालको पहिलो हो। दोस्रो दिनको कार्यक्रममा सहभागी, गत चुनावमा काठमाडौ महानगरपालिकाकी मेयरको उम्मेद्वार रन्जु दर्शनाले भनिन्, ‘दयामायाका लागि मात्रै होइन, स्वस्थ्य जीवनका लागिसमेत शाकाहारी जीवन जरुरी छ ।’ दर्शना शाकाहारी हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x