विमान दुर्घटनामा देशले गुमायो वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापा

फागुन २८, २०७४

काठमाडौं २८ फागुन – सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बाङ्ला एयरको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भएको छ ।

काभ्रे कुशादेवीका स्थायी वासीन्दा डा थापा अहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए । बंगलादेशमा भएको एक कार्यक्रममा सहभागि भएर उनी स्वदेश फर्किदै थिए । 


ब्रेन ट्युमरको उपचारमा उनले विशेष दख्खल राख्दथे । डा थापाले विसं २०५१ सालमा त्रिवी शिक्षण अस्पतालबाट एबबीबीएस उत्रिण गरेका थिए ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बिहीवार काठमाडौंको साग्रिला होटलमा आयोजित एक कार्यक्रममा डा थापाले महिला समानताको बिषयमा प्रेरणादायक प्रवचन दिएका थिए । 

डा थापाको निधनले चिकित्सा क्षेत्रमा शोक छाएको छ ।
 

फागुन २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस