दुर्घटनामा चालकदलका चारै सदस्यको मृत्यु

फागुन २९, २०७४

काठमाडौं, २९ फागुन — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार भएको विमान दुर्घटनामा परी चालकदलका चारै सदस्यको मृत्यु भएको छ । 

विमानचालक आबिद सुल्तानको नर्भिक अस्पतालमा मृत्यु भएको हो । 

यूएस–बंगला एयरलाइन्सका मार्केटिङ सपोर्ट तथा पीआर जनरल म्यानेजर मोहम्मद कामरुल इस्लामले मृत्युको पुष्टि गरे । 

अन्य दुई क्याबिन क्रू सदस्यहरू कोपाइलट पृथुला राशिद र ख्वाजा हुसेनको दुर्घटनास्थलमै मृत्यु भएको थियो । शमिम अख्तर पनि दुर्घटनामा मारिए ।

आबिद सुल्तान एक अनुभवी पाइलट थिए र उनले पाँच हजार घन्टा विमान उडाएका थिए । दुर्घटना भएको विमान नै उनले १७ सय घन्टा उडाएका थिए । 

यात्रु र क्रूमेम्बरमध्ये ३६ जना बंगलादेशका, ३३ जना नेपालका, एकजना चीनका र अर्का एकजना मलेसियाका छन् ।

न्यु एजबाट


फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस