×

NMB BANK
NIC ASIA

आईसीसी विश्वकप क्वालिफायरको उत्कृष्ट ११ खेलाडीमा पारस खड्काको पनि नाम

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ फागुन — इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को विश्वकप छनोट खेलमा भाग लिएका दश टोलीका खेलाडीहरूमध्येको सर्वोत्कृष्टको सूचीमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का पनि परेका छन् । 

क्वालिफायरको ग्रूप चरण सकिँदा नेपाल लगायत चार टोली अघिल्लो चरणमा त जान सकेनन् तर कप्तान पारस खड्काले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । 

खड्काका बारेमा आईसीसी लेख्छ :

उनी नेपालका सबभन्दा प्रिय क्रिकेटर हुन् र उनले वर्षौंदेखि आफ्नो प्रसिद्धअनुसारको प्रदर्शन गरेका छन् । नेपालको ब्याटिङ लाइनअपले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको भएपनि पारसले जिम्बाब्वेविरुद्ध ४०, स्कटल्यान्डविरुद्ध ६३ र अफगानिस्तानविरुद्ध ७५ रन बनाए । यी सबै टोलीको बलिङ आक्रमण सशक्त थियो । अन्तिम खेलमा उनी हङकङविरुद्ध चलेनन् र जम्मा ११ रन बनाए तर खुशीको कुरा त्यो खेलमा नेपाल विजयी भयो । 

Muktinath Bank

आईसीसीले जारी गरेको उत्कृष्ट खेलाडीको सूचीमा पारस खड्काबाहेक आयरल्यान्डका विलियम पोर्टरफील्ड, पापुआ न्यू गिनीका टोनी उरा, स्कटल्यान्डका क्यालम म्याकलीयोड, जिम्बाब्वेका ब्रेन्डन टेलर, हङकङका अंशुमान रथ र एहसान खान, जिम्बाब्वेका सिकन्दर रजा, यूएईका रोहन मुस्तफा, अफगानिस्तानका मोहम्मद नबी र वेस्ट इन्डिजका जेसन होल्डर परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x