चिनियाँ राष्ट्रपतिले जुत्ता सित्तैमा लिन मानेनन्, भिडियो भाइरल

फागुन २९, २०७४

काठमाडौं, २९ फागुन — चीनका राष्ट्रपति सी चिनफिङको एउटा भिडियो अहिले भाइरल भइरहेको छ जसमा उनी जुत्ता बेच्ने एक महिलासँग कुराकानी गरिरहेका छन् ।

महिलाले उनलाई सित्तैमा जुत्ता लिन अनुरोध गर्छिन् । तर सीले कसैसँग केही पनि सित्तैमा लिने नगरेको र कसैको दया स्वीकार नगर्ने बताएका छन् । 

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सामाजिक सञ्जालमा भिडियो अप्लोड गरेपछि भाइरल बनेको थियो । 

सी सिचुआन प्रान्तको ज्यांकी गाउँको भ्रमणमा गएका थिए । यो भ्रमण गरीबी उन्मूलन कार्यक्रमअन्तर्गत भएको थियो । 

त्यसै क्रममा सी हातैले बनेको क्यान्भास जुत्ताको पसल निरीक्षण गर्न पुगे । महिला बिक्रेताले उनलाई एक जोडी जुत्ता लिन भनिन् । तर सीले सित्तैमा जुत्ता लिन मानेनन् र पूरा मूल्य तिरे । अनि उनले महिलालाई पैसा पूरा छ नि हैन भनेर पनि सोधे । आफूले यस्तो दयालुता स्वीकार नगर्ने पनि उनले बताए । 

भिडियो अप्लोड भएको २० घन्टाभित्रमा पाँच लाखभन्दा बढी मानिसले हेरिसकेका छन् । भिडियोमा सीले महिलासँग हात मिलाएको पनि देखिन्छ । 

आजीवन राष्ट्रपति हुने भएपछि चीनमा सीको प्रभाव झनै बढेर गएको छ ।

एजेन्सी
 


ADVERTISEMENT

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार