×

NMB BANK
NIC ASIA

कान्छी सांसद भन्छिन- 'सदनमा प्रखर प्रतिपक्षीको भूमिका निभाउँछु'

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, २९ फागुन -प्रदेश सभामा मुलुककै कान्छी सदस्य बन्नुभएको छ, सृजना साय्जु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा साय्जुलाई पठाएको हो । 

Sagarmatha Cement
Muktinath Bank

पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई सभासद् बनाएको नेमकिपाले दोस्रो संविधानसभामा अनुराधा थापामगरलाई सभासद्मा चुनेका थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका ५५० सभासद्मध्ये सबैभन्दा कान्छी सृजना २७ वर्षको हुनुहुन्छ । आफू कान्छी सभासद् भएको संयोग मात्रै मान्नुहुन्छ उहाँ । “अन्य राजनीतिक दलले पनि नयाँ पुस्ता र समकालीनहरुलाई नै उभ्याएको होला भन्ने अपेक्षा थियो तर, त्यस्तो भएन,” उहाँले भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

सामान्य किसान परिवारका सृजनाको जन्म विसं २०४७ पुस २८ गते पिता सितलबहादुर साय्जू तथा माता चम्पा साय्जूको पहिलो सन्तानको रुपमा भक्तपुर–१०, कमलविनायकमा भएको हो । भक्तपुरकै समाज सुधार माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका सृजनाले हालै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विशिष्ट श्रेणीमा स्नात्तकोत्तर उत्तीर्ण गर्नुभएको छ । 

Vianet communication
Laxmi Bank

विद्यार्थी जीवनदेखि आफू अध्ययन गरेको विद्यालय समाज सुधार माविको विद्यार्थी हित समितिबाट राजनीतिमा होमिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “त्यसपछि विस्तारै पार्टीद्वारा सञ्चालित जिल्ला स्तरीय विद्यार्थी हित समिति, साहित्य साँझ भक्तपुर हुँदै नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध भएँ ।” सृजनासँग आस्था साँस्कृतिक परिवारको अध्यक्ष भएर समेत काम गर्नुभएको अनुभव छ । 

नेमकिपाले चुनावलाई घोषणापत्रको लडाइँको रुपमा लिने गरेको छ । ठूला दलहरु जो सरकारमा जान्छन् उनीहरुले घोषणापत्र अनुसार काम नगरेको आरोप नेमकिपाले लगाउने गरेको छ । घोषणापत्र अनुसार काम नगरेर जनतालाई ढाँट्ने दलहरुमाथि कारवाही हुनुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा राखिनुपर्ने माग समेत यो पार्टीले विगतमा संसदमा उठाएको थियो । 

पार्टीको घोषणपत्र र संविधानमा सूचीकृत प्रदेशसभाका २१ वटा अधिकारको कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा हुने उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो – “निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा दिने, श्रमसँग शिक्षालाई जोड्ने, उत्पादनका मुख्य मुख्य साधनहरु सार्वजनिकीकरण र सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने, स्थानीय सरकारलाई सहयोग हुने गरी प्रदेश सरकारबाट नीति तय गर्ने र विकट तथा दुर्गम भेगका युवालाई रोजगारी प्रदान गर्ने बन्दोबस्त गर्न जोड दिनेछु ।” संघीयताले नै देशको चौतर्फी विकास हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न लागिपर्ने प्रतिवद्धता उहाँ व्यक्त गर्नुहुन्छ । 

भ्रष्टाचारविरुद्ध प्रदेशसभामा निरन्तर संघर्ष गर्ने र विकास निर्माणका कार्यमा भैरहेको ढिलासुस्ती रोक्ने उहाँको अठोट छ । 

विगतको संसद्मा नेमकिपाका प्रतिनिधिहरुले क्रान्तिकारी संसदवादको झण्डा उँचो बनाउने कार्य गरेको उहाँले बताउनुभयो । अबको भूमिकाबारे उहाँले भन्नुभयो, “प्रतिपक्षमा बसेर जनपक्षीय काम गर्छौं । जनतालाई सम्बोधन नगर्ने नीतिहरु तय र निर्माण भयो भने त्यसविरुद्ध हामी आन्दोलन केन्द्रित गर्छौं । विगतमा जस्तै प्रखर प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नेछौं ।” 

बुबा सितलबहादुरको भागमा रहेको दुई तीन रोपनी खेतको उत्पादनले वर्ष भरीको भान्छा चलाउनु पर्ने विगतलाई सम्झँदै उहाँ भन्नुहुन्छ – ”नेमकिपाको एक घर एक स्नातक र स्नातक गरेका मजदुर वर्ग उत्पादन गर्ने नीतिले गर्दा आज यहाँसम्म आइपुगें ।” 
उहाँ राजनीति भनेको शिक्षित र इमान्दार व्यक्तिहरुले नै गर्नुपर्ने धारणा राख्नुहुन्छ । 

परिवारले राजनीतिमा नलाग्न सल्लाह दिएको र रोक्न खोजेको सृजना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “परिवार हेर्ने आमा शिक्षित र समझदार हुनुभयो भने सहज हुँदो रहेछ । मैले आमालाई बुझाउन थालें । उहाँले बुझ्न थाल्नु भएपछि सहज भयो ।” उहाँ आफ्नो प्रेरणाको स्रोत का. नारायणमान बिजुक्छेलाई मान्नुहुन्छ । उहाँको सरल जीवन र उच्च विचारबाट आफू प्रभावित भएको उहाँ बताउनुहुन्छ । –लक्ष्मी गारु/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x