आर्मी बिरूद्ध मनाङको गोल वर्षा

बुटवल, २९ फागुन– रुपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा नेपाल आर्मीले मनाङ मस्र्याङ्दी क्लबसँग लज्जास्पद हार व्होरेको छ । 

मंगलबार भएको क्वाटरफाइनलमा आर्मी मनाङसँग ३–० को फराकिलो अन्तरले पराजित भयो ।  मनाङ अब चैत १ गते फ्रेन्डस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमीफाइनल पुगेको थ्रीस्टार क्लबसँग भिड्नेछ । 

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आर्मीलाई हराउन मनाङका विशाल राईले २ गोल गरे भने विदेशी खेलाडी भिक्टरले १ गोल थपे । 

खेलमा २ गोल गर्ने मनाङका विशाल राई म्यान अफ दि म्याच भएका छन् । 

प्रतियोगिताअन्तर्गत पहिलो सेमीफाईनल आयोजक रुपन्देही ११ र पुलिस क्लबबीच हुनेछ । 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस