×

NMB BANK
NIC ASIA

सगुन र हिन्दुस्तान टाइम्सबीच ५० लाख डलरको लगानी सम्झौता

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन डीसी, २९ फागुन– सोसिएल कमर्श प्लेटफर्म सगुनले भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर) सँग ५० लाख डलरको लगानी सम्झौता गरेको घोषणा गरेको छ । एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड (एच्‌टी मिडिया)  को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

Muktinath Bank

एच्‌टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ । सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रुपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने सगुनको विश्वास छ । एच्‌टी मिडियाको स्वामित्वमा रहेका प्रकाशनहरुमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट तथा हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन् भने अन्य डिजिटल माध्यमहरु तथा एफ्एम् स्टेसन पनि रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सगुनले आफ्नो नविन प्रयोग अन्तर्गत सोसल स्मार्ट कार्डको विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा सुरु गर्ने लक्ष्य लिएको छ । यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ, कुपन देखाएर छुट पाउन सकिन्छ तथा आफ्ना प्रियजनहरुलाई उपहार पनि दिन सकिन्छ । सगुनले यसै बर्ष आइओएस् एप जारी गर्नको लागि समेत काम गरिरहेको छ। ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस् एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ।


Advertisment
Nabil box
Kumari

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, “हामी एच्‌टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्ताहरुसम्म पुग्नको लागि मद्दत गर्नेछ ।”

Vianet communication
Laxmi Bank

सगुनले यस वर्षकै जनवरीमा सफलरुपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा यस सम्झौता भएको छ। दुई महिनामा नै सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भइसकेको छ । एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरु भइसकेका छन् । अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा भन्दा राम्रो अनुभव खोजिरहेका अन्य सामाजिक सञ्जालका २ अर्ब ८० करोड प्रयोगकर्ताहरु मध्येबाट सगुन प्रयोगकर्ताहरुको हिस्सा बढिरहेको छ ।

“हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं,” हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने ।

सगुनले अमेरिकी सामाजिक सञ्जालको जगतमा रहेको एउटा कमजोरीलाई समाधान गरेको छ, त्यो भनेको उनीहरु इकमर्शको लागि बनाइएका होइनन् । बिक्रीकर्ता तथा खरिदकर्ताबीच किनबेच गर्न प्रतिबन्ध लगाइएको छ र प्रयोगकर्ताहरुले आम्दानीको प्रत्यक्ष स्रोत बन्दा पनि कुनै आर्थिक लाभ पाउँदैनन् । यसले गर्दा उपहारको रुपमा दिइने कार्ड, कुपनमा दिइने सुविधा तथा छुटहरुलाई सामाजिक सञ्जालमा उपलब्ध गराउने अवसर गुमिरहेको छ ।

सगुनले रेगुलेशन ए+ अन्तर्गत ग श्रेणीका सामान्य शेयरहरु २३ अमेरिकी डलरको दरमा कम्तीमा एक हजार लगानी गर्नुपर्ने गरी निश्कासन गरेको थियो । शेयर निष्कासनपछि सगुनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्नगर्ने यसको सपनासँग सहमत ३ हजार भन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी उठाएको छ। कम्पनीले सन् २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी निजी स्तरमा उठाएको थियो ।

रेगुलेशन ए+ मार्फत् हुन् शेयर निष्कासनले शेयर कारोबार गर्ने प्रमाणपत्र नपाएका आम नागरिकलाई कम्पनीको शेयर किन्ने अवसर प्रदान गर्छ । कम्पनीले हालसम्म पनि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट लगानी उठाइरहेको छ। शेयर निष्कासन सम्बन्धी जानकारी सगुनको वेबसाइट www.sagoon.com/invest मा हेर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x