सर्वोच्चको समस्या फूल कोर्टमार्फत सुल्झाउन कर्मचारी युनीयनको माग

काठमाडौं, २९ फागुन– सर्वोच्च अदालतमा कार्यरत कर्मचारीहरुका ट्रेड युनियनले सर्वोच्च अदालतमा देखिएको पछिल्लो समस्यालाई फूल कोर्टमार्फत सुल्झाउन माग गरेका छन् । 

कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयन, नेपाल निजामति युनीयन संघ र नेपाल निजामती कर्मचारी संगठन सर्वोच्च अदालते मंगलवार संयुक्त विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यम र व्यक्तिबाट अदालतको अपहेलना हुने खालका अभिव्यक्ति आइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । 

पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशबीचमै विभाजन ल्याउने, गुटबन्दी तथा बेञ्च बहिस्कार गर्नेजस्ता घटनामा आफूहरुको गम्भीर ध्यानाकर्ष भएको भन्दै कर्मचारी युनियनका प्रतिनिधिले यस्ता गतिविधि नरोकिए आफूहरु बेञ्च बहिस्कार गर्ने न्यायाधीशको बिरूद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् । 

‘न्यायापालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायको उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर हामी समग्र ट्रेड युनियनकर्मीहरु नेतृत्वसहित विवादित एवम् बेञ्ज बहिस्कार गर्ने न्यायाधीशको राजीनामा मागसहितका आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने छौं,’ ट्रेड युनीयनहरुबाट मंगलवार जारी विज्ञप्तीमा भनिएको छ । 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस