बंगला जहाज दुर्घटना : सबै शवको पोस्टमार्टम गर्न ५ दिन लाग्ने

फागुन २९, २०७४

काठमाडौं, २९ फागुन– सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण (पोस्टमार्टम) गर्न अझै ५ दिन लाग्ने भएको छ । शवै शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । 

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डिपार्टमेन्ट प्रमुख डा. प्रमोद कुमार श्रेष्ठले मंगलवार विहानदेखि साँझसम्म ११ शवको पोस्टमार्टम भएको बताए । दुर्घटनामा ५१ जनाको मृत्यु भएकोमा त्रिवि शिक्षण अस्पतालमा ४९ शव परीक्षणका लागि ल्याइएको डा. श्रेष्ठले बताए । 


ADVERTISEMENT

शवको पोस्टमार्टमा लागि २ वटा टीम परिचालन भएको उनले बताए । साथै शवको विवरण संकलन, पारिवारिक पृष्ठभूमी तथा अन्य मुचुल्का उठाउनुपर्ने भएकाले परीक्षणमा ढिलाइ भइरहेको उनले बताए । 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस