×

NMB BANK
NIC ASIA

यस्तो छ राष्ट्रपति निर्वाचनमा मतभारको हिसाब

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २९ फागुन– वामगठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएकी छन् । 

संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लागेकी हुन् । राष्ट्रपति भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गरिन् । संघीय संसद्का सदस्यको एक मतको भार ७९ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यमध्ये भण्डारीको पक्षमा २४५ मत परेको थियो । त्यो भनेको १९ हजार ३५५ मतभार हो । उहाँका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले संघीय संसद्का तर्फबाट ७८ मत प्राप्त गरिन् । त्यो भनेको ६ हजार १६२ मतभार हो । 

यस्तै प्रदेशसभातर्फ भण्डारीको पक्षमा ४१५ मत परेको थियो । प्रदेशसभाको एक मतको भार ४८ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रपति भण्डारीले १९ हजार ९२० मतभार प्राप्त गरिन् । संघीय संसद् र प्रदेशसभा सदस्यको कूल मतभार जोड्दा राष्ट्रपति पदका लागि भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गरिन् । उक्त मतभार प्रतिस्पर्धी राईको भन्दा २७ हजार ४४५ बढी हो । 

प्रदेशसभा सदस्यका तर्फबाट कुमारीलक्ष्मी राईले ११६ मत प्राप्त गरिन् । त्यो भनेको पाँच हजार ५६८ मतभार हो । यस आधारमा हेर्दा राष्ट्रपतिका उम्मेदवार राईले ११ हजार ७३० मतभार प्राप्त गरिन् । राष्ट्रपति निर्वाचनका लागि कूल ५२ हजार ५०१ मतभार कायम गरिएको थियो । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का तीन मत बदर भएको थियो भने प्रदेशसभा सदस्य मध्ये पाँच मत बदर भएको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले जानकारी दिए । 

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३२६ मत खसेको थियो भने प्रदेशसभा तर्फका ५३६ मत खसेको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सेन्ट्रल लग विधिका आधारमा मतभार कायम गरिएको हो । 

संघीय संसद्का पाँच अनुपस्थित 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँच सदस्य अनुपस्थित भएका थिए । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सदस्यमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भए । कूल ३९५ मतभार अनुपस्थिती देखिएको हो । 

यस्तै प्रदेशसभा तर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसार्इं, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु छन् । कूल ६२४ मतभार बराबरको मत अनुपस्थिति रहेको हो । 

आज बिहान १० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलो पटक राष्ट्रपति पदका लागि मतदान गराएको हो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गर्ने व्यवस्था थियो । 

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको पहिलो पटक हो । 

जसले मतदान गर्न पाएनन् 

राष्ट्रपति निर्वाचनमा मतदाता भएर पनि मतदान प्रक्रियामा संघीय संसद् र प्रदेशसभा सदस्य गरी कूल १८ जना अनुपस्थित हुँदा चार सदस्यले भने मतदान गर्न पाएनन् । राष्ट्रियसभाका सदस्यत्रय डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले मतदानमा भाग लिन  पाएनन् । 

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरी सकेका कारण उनीहरु राष्ट्रियसभा सदस्य भएर पनि मतदान गर्नबाट वञ्चित भएका हुन् । 

यस्तै प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी प्रहरी हिरासतमै रही उपचाररत् रहेकाे र संघीय संसद्का पद तथा गोपनीयताको शपथसमेत नलिएका कारण पनि मतदान गर्न पाएनन् । 

संघीय गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साल साउन ७ देखि २०७२ साल कात्तिक ११ गतेसम्म राष्ट्राध्यक्षका रुपमा कार्यरत रहे । यस्तै विद्यादेवी भण्डारी २०७२ साल कात्तिक ११ देखि राष्ट्रपतिका रुपमा कार्यरत छिन् । आजको निर्वाचनपछि उनी आगामी पाँच वर्षका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छन् ।

यसअघि पनि भण्डारी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा उम्मेदवारको रुपमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् थियो भने यस पटक पनि उनी सोही गठबन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचित भएकी हुन् ।

Sagarmatha Cement
Muktinath Bank

– रमेश लम्साल / रासस 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x