विमान दुर्घटनाका ११ मृतकको शव पोष्टमार्टम सकियो, सबै सकिन कम्तीमा ५ दिन लाग्ने

फागुन २९, २०७४

काठमाडौं, २९ फागुन – सोमबार भएको युएस बंगला विमान दुर्घटनाका मृतकमध्ये ११ जनाको शब पोष्पमार्टम सकिएको शिक्षण अस्पताल महाराजगंजले जनाएको छ । 
 अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले दुर्घटनामा परी मृत्य भएका ४९ शवमध्ये ११ जनाको पोष्टमार्टम सकिएको मंगलबार साँझ सञ्चारकर्मीलाई जानकारी गराए ।  उनले सबै पोष्टमार्फत सक्न कम्तीमा ५ दिन लाग्न सक्ने समेत सो अवसरमा जानकारी दिए । 
अधिकांश शब जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भएको भन्दै पहिचान हुन नसकेका शबहरुको डिएनए नै गर्नुपर्ने अवस्था आउने उनले बताए । 
उनले शब पोष्टमार्टमका क्रममा परिवारका सदस्यबाट पीडाकाबीच पनि सहयोग भइरहेको सो क्रममा बताए । 


फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार