कैलाली घटनाको भोलिपल्ट यस्तो विज्ञप्ति निकाल्यो विप्लवको पार्टीले

फागुन २९, २०७४

काठमाडौं, २९ फागुन– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रामणपछि आफ्ना कार्यकर्ताको पक्राउ गरिएको भन्दै  विप्लव नेतृत्वको नेकपा कैलालीले मंगलबार एक विज्ञप्ति निकालेको छ । 
विज्ञप्तिमा मध्यरातमा अपहरण शैलीमा गिरफ्तार गरेको र अन्य नेता तथा कार्यकर्ताको घरमा समेत सादा पोशाकको प्रहरी पठाएर घर छाड्न बाध्य बनाएको भन्दै आपत्ति जनाइएको छ । 
बोक्सी काण्डलाई ओझेलमा पार्न आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिना शर्त रिहाई गर्नसमेत माग गरेको छ ।
पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष गर्ने पनि चेतावानी दिएको छ ।  
प्रहरीले घटनालगत्तै नेकपाका कैलाली जिल्ला नेताहरु कमल क्षेत्री, भरत शाह र हृदय बोगटीलाई पक्राउ गरेको थियो । 
सोमबार राती  चौधरीमाथि घरनजिकै खुकुरी र गोली प्रहार भएको थियो भने गम्भीर अवस्थामा उनको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । 


ADVERTISEMENT

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस