×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीले ईश्वर पोखरेलको फोन उठाउन छाडेपछि ...

फागुन ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० फागुन- 'पहिला मेरो पीएसँग समय मागेर मलाई भेट्न आउने मान्छे अहिले मैले कतिचोटि फोन गर्दापनि उठाउनुहुन्न ।' एउटै क्याबिनेटका मन्त्रीबीचको सम्बन्ध यस्तो हुन्छ ? हुनु नपर्ने, तर भइरहेको छ ।

Muktinath Bank

स्थायी कमिटीको बैठक आसपासमा अनौपचारिक कुराकानीमा एमाले महासचिवले यसरी असन्तुष्टि पोखेका हुन् । प्रसंग हो, ईश्वर पोखरेल र डा. युवराज खतिवडाको । चर्चा थियो, ईश्वर ओलीको क्याबिनेटमा उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी बहन गर्न जाँदैछन् । महासचिवले यस्तो जिम्मेवारी बहन गर्न जाँदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिवले यस्तो जिम्मेवारी लिएर सरकारमा जाने अनुमान मनासिव नै हो । सँगै अर्को चर्चा पनि थियो, राष्ट्रबैंकको गभर्नर, योजना आयोगको उपाध्यक्षजस्तो पद सम्हालिसकेका डा. खतिवडा ईश्वरलाई सफल पार्न राज्यमन्त्रीका रूपमा त्यही मन्त्रालयमा बहाली हुनेछन् ।


Advertisment
Nabil box
Kumari

योजनाअनुसार खतिवडा मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रियसभा सदस्य नियुक्त पनि भए । त्यसपछि ईश्वरले फोन गरे, तर उठेन । यहीँबाट झस्को पसिसकेको रहेछ, कुरा बिगार्दैछन् भन्ने । ईश्वरले सुनाए, 'मैले नै उहाँलाई राष्ट्रियसभा सदस्यका लागि ३ नम्बर प्रदेशबाट खुलातर्फ उठाऔं र अर्थ राज्यमन्त्री बनाऔं भनेको हुँ । तर मेरो बाटो छेक्न लुम्बिनीतिरका साथीहरू उहाँसँग लाग्नुभएछ ।'

Vianet communication
Laxmi Bank

यसो भन्नका लागि ईश्वरले महाधिवेशनदेखि पार्टी अध्यक्ष तथा प्रम ओलीसँगको सामिप्यतासम्मका केही कुरा खोलेका छन् ।

बुझिएअनुसार ईश्वर मन्त्री बन्न त्यसदिन ठिक्क परिसकेका थिए, जुन दिन ओली शीतल निवासमा शपथका लागि पुग्दै थिए । शपथअघि धुम्बाराही पार्टी कार्यालयमा संसदीय दलको नेता चयन गर्ने र समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने बैठकमा उनले पटक-पटक ओलीसँग आफू अहिले शपथका लागि तयार हुने कि नहुने भनेर जान्न चाहे, तर जवाफ पाएनन् । 

त्यसबेला झस्किए, जब बैठकमा माधव नेपालले ओलीको नाम प्रस्ताव गरे, जसलाई ध्वनिमतले पारित गर्‍यो । माधव-केपी मिलिसकेपछि ईश्वरको नाम काटिन्छ भन्ने अरुले त बुझिसकेका थिए, तर ईश्वरलेचाहिँ पत्याइरहेका थिएनन् ।

०६१ माग १९ मा मन्त्री भएकै बेला राजाको 'कू'पछि ईश्वर सप्तरीमा बन्दी बनाइए । ट्याङ्कीमा पैसा लुकायो भनेर सत्ताधारीहरूले हल्ला चलाउँदा एमालेकै केही मान्छे ताली पिट्न मग्न थिए । त्यसबेला महासचिव माधव नेपाल थिए, कावा महासचिव झलनाथ खनाल । तर ईश्वरमाथि भएको अन्यायको कसैले प्रतिवाद गरेनन् ।

यो कुरा सम्झँदै केही महिनाअगाडिको एउटा अनलाइन अनर्वार्तामा ईश्वरले भनेका थिए, 'माधव नेपाल मेरालागि त्यतिबेलै मरिसके । उनीसँग अहिले मेरो कुनै सम्बन्ध-सरोकार बाँकी छैन । बरु त्यसबेला योगेशसँग उपत्यका समन्वय कमिटीमा सँगै थियौँ र उनले मलाई साथ दिए । '

राजनीतिको खोलो कहिले कताबाट फर्किन्छ भन्ने टुंगो हुँदैन । एकाएक माधव-ओलीको केमेस्ट्री मिल्न पुगेका बेला ईश्वर परेका रहेछन् घानामा । त्यसमाथि डा. खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र ओली प्रधानमन्त्री हुँदाका गभर्नर । अर्थात 'ब्यालेन्स पोलिटिक्स'को फाइदा उनले उठाए, त्यस्तो नजान्दा ईश्वरले अवसर गुमाएको जनआस्था साप्ताहिकमा समाचार छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x