प्रदेश २ को माओवादी संसदीय दलको नेता छान्न पेरिसडाँडामा भयो निर्वाचन

फागुन ३०, २०७४

जनकपुर ३० फागुन– नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को संसदीय दलको नेता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन भएको छ । 

बुधवार भएको निर्वाचनबाट दलको नेतामा धनुषाका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डलले ७ मत पाए भने प्रतिद्वन्दी भरत साहले मात्र ४ मत पाए । 


संसदीय दलको नेता छान्न जनकपुरमा सहमति जुटन नसकेपछि विबाद पेसिरडाँडा सम्म पुगेको हो ।

राष्ट्रतिको चुनावमा भोट हाल्न काठमाडौं गएको मौकामा संसदीय दलको नेता चयनको निर्वाचन भएको नेता मण्डलले लोकान्तरलाई जानकारी दिए । 
 

फागुन ३०, २०७४ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार