×

NMB BANK
NIC ASIA

विमान दुर्घटनाका घाइते बंगलादेशी नागरिक याकुबको अवस्था चिन्ताजनक

फागुन ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ फागुन- विमान दुर्घटनामा घाइते भएका बंगलादेशी नागरिक याकुब अलीको अवस्था चिन्ताजनक रहेको नर्भिक अस्पतालले जनाएको छ ।

Muktinath Bank

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाकाबाट नेपाल आएको युएस विमान दुर्घटनामा घाइते भएका बंगलादेशी नागरिक अलीको सोमबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा बेहोस अवस्थामा ल्याइएका अलीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका डीजीएम कर्पोरेट कम्युनिकेसन अफिसर आरपी मैनालीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विमान दुर्घटनापछि हाम्रो अस्पतालमा ल्याइएका घाइतेहरूमध्ये अलीको अवस्था गम्भीर नै छ । बंगलादेशी नागरिक अलीलाई  भेन्टिलेटरमै राखेर उपचार गराइरहेका छौं,’ मैनालीले लोकान्तरसँग भने, ‘उहाँको स्वास्थ्य अवस्थामा छिट्टै सुधार हुनेछ भन्ने आशा गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

नर्भिकमा भर्ना भएका घाइतेमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ भने अलीसहित तीन जनाको उपचार भइरहेको छ ।

Vianet communication
Laxmi Bank

उपचारत घाइतेमा बंगलादेशका अलीसहित माल्दिभ्सकी डा. रिजना अब्दुल र नेपाली नागरिक वसन्त बोहोरा छन् । माल्दिभ्सकी अब्दुल थापाथलीस्थित प्रसुती गृहमा स्त्री तथा प्रसुतीसम्बन्धी एमडी गरिरहेकी थिइन् । उनी चित्किसहरुको बंगलादेशमा भएको कार्यक्रममा सहभागी भएर डा. बालकृष्ण थापाको टोलीसँगै नेपाल फर्किँदै थिइन् ।

विमान दुर्घटनामा टाउको र शरीरको अन्य भागमा चोट पटक भएकी अब्दुललाई अस्पतालले हिजो भेन्टिलटरबाट निकालेर सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । यस्तै अर्का घाइते वसन्त बोहोराको अर्थोपेडिक सर्जरी गरिएको र उनको स्वास्थ्य अवस्थामा सुधार आएको मैनालीले जानकारी दिए ।

विमान दुर्घटनामा घाइते भएका अन्य ४ जनाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । यस्तै केएमसी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x