माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौं, १ चैत- प्रत्येक वर्ष मार्च १५ तारिखलाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइन्छ । यस वर्ष सरकारले ‘उपभोक्ता जागरणमा स्थानीय तहको भूमिका’ भन्ने नारासहित दिवस मनाउँदैछ । संविधानले नै स्थानीय तहलाई अधिकार दिएकाले स्थानीय तह उपभोक्ता जागरणमा सक्रिय रहनुपर्ने सरकारी तर्क छ ।
बर्सेनि यस्ता कार्यक्रम भइरहँदा वस्तु तथा सेवा उपभोग गर्नेहरू ठगिनेक्रम भने दिनप्रतिदिन बढिरहेको उपभोक्ताहरूको गुनासो छ । उपभोक्ताको अधिकारका नाममा सरकारले बर्सेनि लाखौं खर्च गरे पनि समस्या ज्यूँकात्यूँ देखिन्छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा अनुगमन गर्न साढे ३६ लाख रूपैयाँ खर्च भए पनि प्रतिफल शुन्यप्रायः बनेको छ । यसबीचमा अनुगमनका थुप्रै हल्ला भए पनि कारबाही भने भएको छैन ।
प्रमुख अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा (साउनदेखि पुस मसान्त)सम्ममा बजार अनुगमनका नाममा ३६ लाख ४२ हजारभन्दा बढी खर्च भएको जनाएको छ । ६ महिनाको अवधिमा विभागले उपत्यकाभर ३ हजार ५ सय ६० पटक अनुगमन गरे पनि हालसम्म एकजना दोषीलाई पनि प्रभावकारी ढंगले कारबाही गरेको भेटिँदैन ।
सरकारले विभागका लागि उपत्यकाभर अनुगमन ४१ लाख २८ हजार र उपत्यका बाहिरका लागि ६९ लाख रूपैयाँ विनियोजन गरेको थियो । सरकारले अनुगमनमा लाग्ने खर्च तथा भत्ताका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको तर प्रतिफल शून्य देखिन्छ ।
तर विभाग कारबाहीका लागि स्पष्ट नीतिगत व्यवस्था नै नहुँदा कारबाही गर्न नसकेको स्वीकार्छ । ६ महिनाको अवधिमा गरिएका अनुगमनका क्रममा भेटिएका दोषीमाथि कारबाहीका लागि विभागले प्रहरी प्रशासन तथा अन्य सम्बन्धित स्थानमा मुद्दा दायर गर्न २६ वटा फाइल पठाएको जनाएको छ ।
विभागले दरबारमार्ग ठगी, नीजि विद्यालयहरूले मनपरी ढंगले शुल्क लिएको, काठमाडौंको बीएन्डबी अस्पताल, नेपाल इन्स्टिचयुट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज, इशान बाल तथा महिला अस्पताल, ग्रान्डी इन्टरनेशनल, बयोधा अस्पताल र नर्भिक अस्पताल लगायतका फाइल कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको विभागले जनाएको छ ।
केही ठूला अस्पतामा भएको मनोमानी शुल्क असुली लगायतका ठगी कार्यमा संलग्न संस्था तथा व्यक्तिमाथि कारबाहीका लागि पठाएको जनाएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभागले अनुगमन प्रभावकारी रूपमै गरिरहे पनि कारबाही गर्ने प्रर्याप्त आधार नभएको दाबी गरेका छन् । उनले भने, ‘हामीले दैनिक प्रभावकारी अनुगमन गरिहेका छौं, प्रभावकारी कारबाही हुनुपर्ने भन्ने हामीले पनि बोध गरेका छौं, तर स्पष्ट कानूनी व्यवस्थाको अभावमा हामी हात खुट्टा बाँधेझैं भएका छौं । साच्चिकै प्रतिस्पर्धी बजार निर्माणका स्पष्ट नीति नियमकै खाँचो देखिएको छ, संरचना निर्माण गरेर मत्रै हुँदो रहेनछ भन्ने कुरा हामीले बोध गरेका छौं ।’
अहिले पनि साइनबोर्ड, लेबल र म्याद नाघेका सामान जफत र नष्टमै अनुगमन केन्द्रित गरेको छ । सानो व्यवसायमा शिलबन्दी र उत्पादनमा रोक लगाए पनि ठूलठूला कर्पोरेट हाउसले गर्दै आएको गुणस्तरमा ठगी, भ्रामक प्रचार गरेर अत्यधिक मुनाफा असुल्ने, खाद्यान्न र पेयजन्य पदार्थमा मिसावट र नियमभन्दा बढी मुनाफा लिनेलाई हालसम्म कारबाही गर्न नसकिएको महानिर्देशक दाहाल नै स्वीकार गर्छन् ।
व्यवसायिक एकाधिकार !
खुला बजारीकरणको सिद्धान्तको आडमा व्यवसायीहरूको एकाधिकार दरवारमार्गसँगै अधिकांश बजारमा व्याप्त छ । अधिकांश व्यसायीहरूले सरकारी नियमनकारी निकायलाई पैसाको आडमा प्रभावित बनाइराखेका छन् ।
विभिन्न नाकाहरूबाट नेपालमा पैठारी गरिएका मालवस्तुहरूमा ट्रान्सपोर्ट सञ्चालक र आयातकर्ताहरूले भन्सार जाँचपासका क्रममा न्युन बिजकीकरण गरी राजस्व छली गर्ने गरेको पाइन्छ । यस्तो काम विभिन्न मालवस्तु पैठारीका क्रममा भन्सार जाँचपासमै भन्सारका कार्यालयका कर्मचारीको मिलोमतोमा यस्तो हुने गरेको स्वयं व्यवसायीहरू नै बताउँछ ।
हाल लागू उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिए कारबाही हुन्छ । तर २० प्रतिशत ‘मार्जिन’मा दरवारमार्ग क्षेत्रमा व्यापार गर्न नसकिने व्यवसायीहरू बताउँछन् । उनीहरू न्युन बिजकीकरणको समस्यामा पनि नीति नियम नै कमजोर रहेको बताउँछन् ।
व्यवसायीले मालवस्तु पैठारीका क्रममा भन्सार शुल्क महंगो भएका कारण कम मूल्यको बिलअनुसार भन्सार तिर्नुपर्ने बाध्यता भएको उपभोक्ता अधिकारकर्मी शहदेव गौतम बताउँछन् ।
उनले लोकान्तरसँगको कुराकानीमा भने, ‘अहिले बजारको ठूलो समस्यामध्ये न्युन बिजकीकरण पनि हो, व्यवसायीहरूले कम मूल्यको बिलमा भन्सार शुल्क तिर्छन्, वास्तविक मूल्यमा जोड्छन् र बजारमा ल्याउँछन्, जुन मूल्यलाई सरकारले आधिकारिक नै मान्न सक्दैन । यो ठूलो समस्या हो, समाधानका लागि सरकारले व्यवसायी र उपभोक्तामैत्री नीति निर्माण गर्नुपर्छ नि !’
न्युन बिजकीरकणको समस्या लामो समयदेखि बजारमा रहे पनि खासै प्रभावकारी समाधानका लागि कतैबाट पहल भएको देखिँदैन । भन्सार विभागले भने न्युन बिजकीकरण, तथा अन्य उपभोक्तासम्बन्धी ऐनमा सरकार प्रष्ट रहेको र व्यवसायीले गल्ती गरे कारबाही गर्ने दाबी गर्छ । आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजार अनुगमनअन्तर्गत गर्नुपर्ने सबै किसिमका काम तथा उपभोक्ता र व्यवसायी दुबैको हितमा काम गर्र्ने नीतिअनुसार काम भइरहेको बताए ।
छैन सचेतना अभियान
बजारसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश उपभोक्ताहरू आफूले किन्ने सामानसँग अनभिज्ञ देखिन्छन् । उपभोक्ताहरू आफूले खरिद गर्ने सामानको गुणस्तर, वास्तविक मूल्य, तिर्नुपर्ने करबारे जानकार नै छैनन् ।
अधिकांश शिक्षितहरू बस्ने राजधानी उपत्यकामा पैसा भएकाहरूले सामानको गुणस्तरभन्दा पनि ठूला–ठूला सपिङ मलहरूमा मंहगा सामान किन्छन् ।
उनिहरू जति मंहगो भयो त्यति नै राम्रो सामान किनेकोमा गर्व गर्छन्, मूल्यमा ठगिएको थाहा नै पाउँदैनन् भने निम्न बर्गीय परिवार खास गुणस्तरसँग जानकार हुँदैनन्, मूल्य सक्दो सस्तो खोज्छन्, गुणस्तरमा ठगिन्छन् । तसर्थ उपभोक्ताहरू ठगिनुको एक प्रमुख स्वयं उपभोक्ता सचेत हुन नसकेको बताइन्छ । तर, उपभोक्ताहरूलाई सचेतनाको अभियान पनि प्रभावकारी तरिकाले चलाएको देखिँदैन ।
यो विषयमा उपभोक्ता अधिकारकर्मीले समेत चासो देखाइरहे पनि प्रभावकारी काम गरेको छैन । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्ता सचेतनाको अभियान सरकारले नै चलाउनुपर्ने बताए । उनले भने, ‘बजारमा केही खाद्यान्नको सामान सस्तो भए उपभोक्ता थाहा नै पाउँदैनन्, कहाँबाट थाहा पाउने ? बजारबारे बुझ्ने एक निकाय स्पष्ट रूपमा खडा गर्नुपर्छ ।’
आर्थिक उदारीकरण तथा खुला अर्थनीतिअनुसार सरकारले बजार नियन्त्रणभन्दा नियमन गर्नुपर्ने हुन्छ । यद्यपि सरकारले फितलो अनुगमन गरी बजारलाई छाडा छाडेकोमा सरोकारवालाहरू चिन्ता व्यक्त गर्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...