कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं, १ चैत- माओवादी ‘जनयुद्ध’ चर्किंदै गएपछि नेपाल प्रहरीभन्दा ‘शक्तिशाली’ फौजका रूपमा २०५७ सालमा सशस्त्र प्रहरी बल गठन गरिएको थियो । माओवादी युद्धकै जगमा भएको जनआन्दोलनपछि आएको गणतन्त्र र संघीयतामा सशस्त्र प्रहरीको भूमिका अझ बढेको छ ।
सशस्त्र प्रहरी ऐन २०५८ (संशोधन २०६६) मा सशस्त्र प्रहरीका १० वटा जिम्मेवारी तोकिएको छ । सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, आतंककारी गतिविधि नियन्त्रण गर्न, दङ्गा नियन्त्रण गर्न, दैवी प्रकोप तथा महामारीबाट पीडितको उद्दारमा सहयोग पुर्याउन, अपहरित व्यक्तिको उद्धार गर्न, सीमा सुरक्षा गर्न, बाह्य अतिक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, सार्वजनिक महत्वका भवन तथा सम्पत्तिको सुरक्षा गर्न, विशिष्ट व्यक्तिको सुरक्षा गर्न सशस्त्र प्रहरी परिचालन गरिने ऐनमा व्यवस्था छ ।
यस्तै नेपाल सरकारले समय–समयमा तोकबमोजिमका अन्य कार्य पनि सशस्त्र प्रहरीले गर्ने ऐनमा उल्लेख छ ।
संघीयतामा कस्तो ?
संघीयतामा जाँदा पनि सशस्त्र प्रहरी संघीय सरकार मातहत परिचालन हुने गरी ऐन संशोधनको तयारी भइरहेको गृह मन्त्रालयका अधिकारीको भनाइ छ ।
हाल कायम रहेको सशस्त्र प्रहरी ऐनलाई संशोधन गरेर संघीय संरचनाअनुसार निर्माण गरिने गृह मन्त्रालयका एक अधिकारीले बताए ।
‘अबको एक महिनामा ऐन संशोधन गर्न विधेयक तयार हुँदैछ,’ गृह मन्त्रालयका एक सहसचिवले लोकान्तरसँग भने, ‘सशस्त्रमा दरबन्दी थप्ने विषयमा पनि अध्ययन भइरहेको छ ।’ ऐन संशोधनका विषयमा कानून मन्त्रालयसँग छलफल भइरहेको बताउँदै उनले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि ऐन संशोधन हुने बताए ।
संघीयतामा पनि सशस्त्र प्रहरीलाई संघीय सरकार मातहत रहने गरी ऐन संशोधन गर्न लागिएको ती अधिकारीले बताए । प्रदेशस्तरमा भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्व रहने छ ।
दोब्बर बढी दरबन्दी आवश्यक
सशस्त्र प्रहरीमा विभिन्न तहका गरी हाल ३७ हजार १ सय २४ जनाको दरबन्दी छ । अब संघीयतामा जाँदा भने हाल कायमभन्दा दोब्बर बढी दरबन्दी आवश्यक पर्ने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।
‘देश संघीयतामा जाँदा निर्वाह गर्नुपर्ने जिम्मेवारीका हिसाबले हामीलाई जनशक्तिको अभाव पर्ने देखिन्छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘खास गरेर पृथकतावादी गतिविधि र सीमा सुरक्षाका लागि थप जनशक्ति आवश्यक पर्छ ।’
सशस्त्र प्रहरी स्रोतका अनुसार भारत र चीनसँग जोडिएको सीमाको सुरक्षाका लागि अहिले करीब ११ हजार सशस्त्र प्रहरी परिचालन छन् ।
सीमामा कमजोर उपस्थिति
नेपाल–भारत सीमा क्षेत्रको अधिकांश ठाउँमा नेपालतर्फको भूमि मिचिएको विषय पटक–पटक प्रकाशमा आउँछ । कतिपय ठाउँमा त भारतीय पक्षसँग विवाद नै हुन्छ । जसको प्रमुख कारण हो, सरकारले सीमा सुरक्षालाई महत्व नदिनु । भारतीय पक्षले नेपाल-भारत सीमा क्षेत्रमा हरेक ५ किलोमिटरको फरकमा सीमा सुरक्षा बल (एसएसबी)को बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) राखेको छ । तर नेपालतर्फ सशस्त्र प्रहरीको बीओपी भने २० देखि ३० किलोमिटरको फरकमा मात्रै छ ।
नेपाल र भारतबीचको सीमा १ हजार ८ सय किलोमिटरमा फैलिएको छ । जसमा भारतले ३ सय ६० बीओपी राखेको छ । तर नेपालतर्फबाट सशस्त्र प्रहरीका ८७ ओटा मात्रै बीओपी छन् ।
जनशक्तिको हिसाब गर्ने हो भने पनि भारतीय पक्षले नेपालसँगको सीमामा २१ हजार ६ सय एसएसबी परिचालन गरेको छ । तर नेपालले मुश्किलले ४ हजार ३ सय सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाबुराम पाण्डेले सीमा सुरक्षाका लागि प्रहरीको जनशक्ति बढाउने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा तत्कालीन गृहमन्त्री बिमलेन्द्र निधिले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको जनशक्ति बढाउन तयारी गरे पनि त्यसले पूर्णता पाउन सकेन ।
‘त्यतिबेलाका गृहमन्त्रीले भन्नुभएअनुसार हामीले सीमा क्षेत्रमा हरेक ५ किलोमिटरको फरकमा बीओपी राख्ने गरी दरबन्दी मागको प्रस्ताव गृह मन्त्रालयमा पठाएका थियौं,’ प्रवक्ता पाण्डले लोकान्तरसँग भने, ‘शायद अब त्यसबारे केही निर्णय होला ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...