साउन १, २०८०
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा पुन:निर्वाचित भएपछि बुधवार शपथ लिई तत्कालै कार्यभार सम्हाल्नु भएको छ । अर्थात् यसअघिको आफ्नो कामलाई निरन्तरता दिनुभएको छ । प्रचलित संविधानले उहाँलाई संविधानको संरक्षण र पालन गर्ने जिम्मेवारी दिएको छ । र, विगतको राजनीतिक पृष्ठभूमिको आधारमा उहाँले कुनै एक दल विशेषलाई निकट र कसैलाई टाढा नसम्झिकन सबै नेपालीको अभिभावकत्व लिने आशा गरिएको छ । शपथग्रहणको क्रममा उहाँ आफैंले उच्चारण गरेका शब्द र तिनमा निहीत प्रतिबध्दताप्रति इमान्दार रहनु हुने अपेक्षा राखिएको छ ।
राजतन्त्रमा आवधिक निर्वाचनको परिपाटी नहुने हुनाले नै मुलुकलाई गणतन्त्रमा लगिएको हो भन्ने मान्यतामा दह्रो विश्वास हुनेहरूले राष्ट्रको सर्वोच्च पदमा अरूले पनि पालो पाउनु पर्थ्यो भनेको सुनिएको छ र यसलाई एक हदमा तर्कसम्मत दलील मान्न सकिन्छ । अर्को पक्षको जिकीर राख्नेहरूले संक्रमणकाल सक्दै मुलुक स्थायित्वको चरणमा प्रवेश गरेका बखत राष्ट्रपतिलाई निरन्तरता दिनु उपयुक्त हुने मन्तव्य दिएको पाइएको छ ।
यसैबीचमा राष्ट्रपतिलाई पद र गोपनीयताको शपथ गराउने प्रधान न्यायाधीश गोपाल पराजुलीलाई शीतलनिवासमा शपथको कार्यक्रम सकिँदा-नसकिँदै उहाँ पदमा नरहेको भन्ने कुरा चर्चामा ल्याएर विवाद सिर्जना गरियो । यस घटनाले मुलुकलाई संक्रमणबाट उम्किन नदिन केही स्वार्थसमूहहरूले घात-प्रतिघातका सिलसिला शुरू गरेको अडकल गर्ने आधार प्रदान गरेको छ । न्यायाधीशहरूको व्यक्तिगत विवरण र अभिलेख राख्न खडा गरिएको निकाय न्याय परिषद्को सचिवालयका सचिवले आफैं मनोमानी ढङ्गले तपाञीको कार्यकाल सकिएको छ भनेर एक्कासि पत्र लेखेको जानकारी सार्वजिनक भएको छ । क्षेत्राधिकार बाहिर गएर सचिवले त्यस्तो काम गर्न नसक्ने-नमिल्ने वस्तुतथ्यलाई ध्यानमा राख्दा नेपालको न्यायपालिकालाई पङ्गु बनाइदिएर अन्ततोगत्वा लोकतन्त्रकै जरो उखेल्ने षडयन्त्र चलिरहेको अनुमान गर्नुपरेको हो । यसमा न्यायपालिकाको सबैभन्दा माथिल्लो तह सर्वोच्च अदालतका न्यायाधीशहरूले संयम र विवेकको प्रयोग गरेर स्थितिलाई विस्फोटक हुन दिनु भएन । तर खेदजनक कुरो, कतिपय न्यायाधीशहरू नै जटिल स्थितिलाई झन् जटिल तुल्याउन अग्रसर भएको देखियो । न्यायाधीश चोलेन्द्र शम्शेर राणाको पटक-पटकको यस्तै विवादास्पद कार्यशैलीले न्यायपालिकाप्रतिको जनआस्था र जनविश्वास धर्मराएको छ । अनुशासनको कमीले न्यायपालिका नै अराजक बाटोमा लागेको आशङ्का अकारण गरिएको होइन ।
यसरी न्यायपालिकामा देखिएको अस्तव्यस्ततालाई लम्बिन दिनु घातक हुन सक्छ । यो मामिला सुल्झाउन को अग्रसर हुने त भन्ने प्रश्न अगाडि आउँछ । हाम्रो विचारमा यसमा राष्ट्रकी अभिभावक राष्ट्रपति नै अघिसर्नु वाञ्छनीय हुनेछ किनभने राज्यव्यवस्थामा क्रियाशील कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै क्षेत्रमा उहाँको भूमिका रहने संवैधानिक प्रावधान छ । साथै राष्ट्राध्यक्षलाई अवशिष्ट अधिकार पनि प्रयोग गर्ने सुविधा हुन्छ । बाधा-अड्काउ फुकाउने सन्दर्भमा आदेशहरू जारी गर्ने परम्परा त प्रथम राष्ट्रपतिकै कार्यकालमा बसिसकेकै छ । तसर्थ उहाँले राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी यथायोग्य कदम चालिहाल्नु आवश्यक मानिएको हो ।
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...