कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
काठमाडौं, १ चैत- जिम्बाब्वेमा जारीआईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत प्लेअफमा नेपालले पपुवान्युगिनीविरुद्ध शानदार बलिङ प्रदर्शन गरेको छ । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि पीएनजीको आधा टीम पेबेलियन फर्किएको छ ।
सन्दीपका अलावा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन् । यो समाचार तयार पार्दासम्म पपुवान्युगिनीले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर ६९ रन जोडेको छ ।
आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा 'डिभिजन टू'मा घटुवा हुने खतरा ।
प्लेअफको अर्को खेलमा हङकङले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गरिरहेको छ । यो खेलमा नेदरल्याण्ड्सले जितेको खण्डमा नेपाल र पीएनजीबीचको खेलको विजेताले एकदिवसीय मान्यता पाउने छ । हङकङले जितेमा भने त्यसपछि हुने सातौं स्थानको प्लेअफ जित्ने टोलीलाई सो सौभाग्य प्राप्त हुनेछ ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप विजेताको हैसियतमा नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेको छ ।
जारी प्रतियोगितामा 'समूह ए'मा रहेको पीएनजीले हालसम्म एक खेल पनि जितेको छैन, 'समूह बी'मा रहेको नेपालले चारमध्ये १ खेल जितेको छ । 'समूह बी'मा चौंथो भएको नेपालले अर्को समूहमा अन्तिम भएको टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
पछिल्ला दुई भेटमा निरासा !
पपुवान्युगिनीसंग भएका पछिल्ला २ भेटमा नेपाल निरास बनेको थियो । आईसीसी लिग च्याम्पियन्सिपमा नेपालसंगको दुवै खेल जितेको पीएनजीले शीर्ष ४ मा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । नेपाल भने 'डिभिजन टू'मा घटुवा भई पुन: बढुवा भएर आएको हो ।
टी-ट्वान्टी फर्म्याटमा विश्वकपसमेत खेलिसकेको नेपालका लागि सम्भवत: यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल हो । एकदिवसीय मान्यता पाएको खण्डमा आईसीसीले नेपाललाई उपलब्ध गराउने रकममा भारी वृद्धि हुनेछ भने बलिया टोलीहरूसँग नियमित खेल्ने अवसर पनि ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...