×

NMB BANK
NIC ASIA

एक मिनेटमा १० चोटिभन्दा बढी परेला झिम्काउनुहुन्छ ? त्यसोभए तपाईं बिरामी हुनुभयो

चैत १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ चैत — विशेषज्ञहरूका अनुसार, मानिसले एक मिनेटमा १० चोटि  परेला झिम्काउँछ । तर तपाईंका परेला १० चोटिभन्दा बढी झिम्किए भने ब्लेफरोपाज्म नामक रोगको लक्षण हुनसक्छ । 

यो रोग लागेपछि परेला बारम्बार झिम्किरहन्छन् अनि पीडा हुन्छ । यसले गर्दा आँखाको मांसपेशी पनि खुम्चिन्छ । यसले त मानिसलाई अन्धो नै बनाउन सक्छ । 

ब्लेफरोस्पाज्मले एउटा वा दुवै आँखामा असर पर्छ । कहिलेकाहीँ यो समस्याले व्यक्तिको अनुहारको बनोट नै परिवर्तन हुन्छ तर उसको दृष्टिमा चाहिँ असर पर्दैन । तर पछि गएर यसले मांसपेशी, नसा, मस्तिष्क वा आँखालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । 

कारण

जन्मसँग सम्बन्धित : शिशुको मांसपेशीको विकासमा समस्या आउँदा माथिल्लो परेलामा ब्लेफरोस्पाज्म हुन्छ । परेला झिम्काउँदा बच्चालाई हेर्न समस्या भइरहेको छ भने तत्कालै सर्जरी गर्नुपर्छ नभए दृष्टि नै गुम्छ । 

वृद्धावस्थासँग सम्बन्धित : उमेर बढ्दै जाँदा ब्लेफरोस्पाज्म हुनु सामान्य छ । उमेर बढ्दा लिभेटर टिस्युले परेला उचाल्ने काममा अवरोध आउँछ । बूढो भएपछि दुवै आँखा प्रभावित हुन्छ । 

व्यायाम हो उपचार
यो रोग लाग्दा औषधिभन्दा आँखाको अभ्यास बढी प्रभावकारी हुन्छ । 

दाहिने हातको बूढी औंलालाई सीधा बनाएर अन्य औंलाले मुट्ठी बनाउनुस् । दाहिने हातलाई काँधको उचाइँसम्म सीधा अघिल्तिर उठाउनुस् । अब एकटक लगाएर बूढी औंलामा ध्यान केन्द्रित गर्नुस् । यो पाँचचोटि गर्नुस् ।

अब दाहिने हातलाई अघिल्तिरबाट हटाएर बिस्तारै दाहिनेतिर लानुस् । त्यसबेलामा दृष्टि पनि बूढी औंलामा केन्द्रित गरेर दाहिनेतर्फ लानुस् । अनुहारलाई स्थिर राखेर परेलालाई मात्र दाहिनेतिर लाने हो । यही क्रिया देब्रेतर्फ पनि गर्नुस् । 

अनुहारलाई अघिल्तिर स्थिर राखेर आँखाका नानीलाई सकेसम्म मास्तिर खिच्नुस् । आँखा पोल्न थालेर पानी निस्कने बेलामा माथिसम्म नानी खिचिरहनुस् । यो क्रिया तल्तिर, दायाँतिर र बायाँतिरबाट पनि गर्नुस् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x